IME Life New

भारतीय शेयर बजारमा धोकाधडीको मामिलाः सेबीकी पूर्वप्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा लगाउने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयर बजार नियामक सेबीकी पूर्वप्रमुख माधबी पुरी बुचको घेराबन्दीमा परेकी छन्।

मुम्बईको विशेष अदालतले भ्रष्टाचार निवारण ब्युरोलाई शेयर बजारमा कथित धोकाधडी र नियमकीय व्यवस्था उल्ल.घनको मामिलामा बुच र अन्य ५ अधिकारीविरुद्ध मुद्दा दायर गर्न निर्देशन दिएको हो। अदालतका न्यायाधीश शशिकानत एकनाथराव बांगरले विनियामकीय चुक र मिलीभगतका घटनामा निष्पक्ष जाँच गर्न आवश्यक रहेको भन्दै ब्युरोलाई निर्देशन दिएको छ।

Esewa
Crest

अदालतले यस विषयमा निगरानी गरेर ३० दिनभित्र प्रतिवेदन पेस गर्न ब्युरोलाई निर्देशन दिएको छ।

बुचले हालै आफ्नो ३ वर्षे कार्यकाल पूरा गरेकी थिइन्। अहिले सेबी प्रमुखमा तुहिन कान्त पान्डे नियुक्त भएका छन्।

यसअघि एक उजुरीकर्ताले सेबीका अधिकारीहरु आफ्नो वैधानिक कर्तव्य निर्वाहमा विफल भएको दाबी गरेका थिए। ती उजुरीकर्ताले बजारमा हेराफेरीलाई बढावा दिइएको तथा निर्धारित मापदण्ड पूरा नगरेका कम्पनीहरु सूचीकृत गर्न अनुमति दिएर सेबीका अधिकारीहरुले कर्पोरेट धोकाधडीका लागि बाटो खोलिदिएको आरोप पनि लगाएका छन्।

भारतकी पहिलो महिला सेबी प्रमुख बुचविरुद्ध केही समयपहिले अमेरिकी रिसर्च कम्पनी हिन्डनबर्गले पनि धोकाधडीमा संलग्न रहेको भन्दै आफ्नो प्रतिवदेन सार्वजनिक गरेको थियो। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS