IME Life New

‘भारतीय निर्जीवन बीमाले आगामी दुई वर्ष उदीयमान बजारको वृद्धिदरलाई उछिन्ने’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्विस रि इन्स्टिच्युटले भारतीय निर्जीवन बीमा बजारको बीमाशुल्क आम्दानी वृद्धिदरले उदीयमान बीमा बजारलाई उछिन्ने प्रक्षेपण गरेको छ। इन्स्टिच्युटले सिग्मा प्रतिवेदनमार्फत् आगामी दुई वर्ष २०२५ र २०२६ मा निर्जीवन बीमा कम्पनीको बीमाशुल्क आम्दानीको वृद्धिदर अन्यत्रभन्दा बढी हुने प्रक्षेपण गरेको हो।

“(जियो)राजनीतिको छायामा वृद्धि: विश्वव्यापी आर्थिक र बीमा बजार दृष्टिकोण २०२५-२६” शीर्षकको प्रतिवेदनमा भनिएको छ, “हामीले सन् २०२५ र २०२६ मा भारतको निर्जीवन बीमाशुल्क आम्दानी वृद्धि क्रमशः ८.० प्रतिशत र ९.३ प्रतिशत हुने प्रक्षेपण गरेका छौं। बलियो आर्थिक वृद्धिद्वारा, मोटर बीमा, स्वास्थ्य बीमा र बाली बीमाका लागि सरकारी अनुदानको बढ्दो मागसँगै बीमा ग्रहण बढाउने नियामक प्रयासले दीर्घकालीन रूपमा निर्जीवन बीमाको मागमा सकारात्मक प्रभाव पार्नेछ।”

Esewa
Crest

एसियाको उदीयमान बजारहरूमा निर्जीवन बीमाशुल्क आम्दानीमा वृद्धिको मुख्य प्रेरक शक्ति बन्न तयार छ। उदीयमान एशियामा निर्जीवन बीमाशुल्कहरू २०२५-२६ मा ७.४ प्रतिशत वृद्धिदर हासिल गर्नेअपेक्षा गरिएको छ।

उदीयमान बजारहरूमा मूल्य निर्धारणको सट्टा बढ्दो एक्सपोजरले निर्जीवन बीमाशुल्क वृद्धिलाई समर्थन गरिरहेको छ। इन्स्टिच्युटले २०२५।२६ मा ४.१ प्रतिशतको वार्षिक वृद्धिदरको अनुमान गरेको छ। सन् २०२४ को वृद्धिदर ४.३ प्रतिशतभन्दा थोरै तल तर सन् २०२३ को ३.७ प्रतिशत औसतभन्दा बढी रहने अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS