IME Life New

भारतीय धिताेपत्र बजारमा आइपिओ मार्फत् पूँजी संकलन आधाले घट्याे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै : भारतीय धिताेपत्र बजारमा प्रामथिक शेयरमार्फत् स‌ंकलन हुने पूँजीमा एक वर्षकाे अवधिमा पचास प्रतिशतले कमी आएकाे छ। आर्थिक वर्ष २०२१-२२ काे तुलनामा भारतीय कम्पनीले प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) मा मार्फत आधा मात्र रकम स‌ंकलन गरेका छन् । आव २२ मा सर्वसाधारणमा शेयर जारी गरी स‌ंकलित कूल भारू १,११,५४७ कराेडकाे साधारण शेयर जारी गरिएकाे थियाे । जबकी चालू आव २३ म (२०२२ अप्रिलदेखि २०२३ मार्च अन्त्यसम्म)मा जम्मा भारू ५२ ११६ कराेड संकलन भएकाे छ।

टाइम्स अफ इण्डियाका अनुसार प्राइम डाटाबेस समूहले गरेकाे अनुसन्धानका अनुसार जम्मा ३७ वटा कम्पनीले धिताेपत्र बाेर्डमा शेयर सूचीकरण गराएका छन् । अघिल्लाे आवमा ५३ वटा कम्पनीकाे आइपिओ जारी भएकाे थियाे । प्राइम डाटाबेस समूहका अनुसार आव २०२३ मा उठाइएको कुल रकमको ३९ प्रतिशत पूँजी अर्थात् भारू २०,५५७ करोड  जीवन बीमा कम्पनी एलआईसीद्वारा संकलन गरिएकाे थियो । याे रकम हटाउँदा याे आवमा भारु ३१,५५९ करोड मात्र हुन्थ्यो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS