IME Life New

भारतीय जीवन बीमा कम्पनीले संकलन गरे ३ खर्ब ६३ अर्ब ४५ करोड रुपैयाँ प्रथम बीमाशुल्क

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं: भारतीय जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क आम्दानी करिब ११ प्रतिशतले वृद्धि भएको छ। आ.व २०२१-२२ को पहिलो २ महिनामा गत आ.व को सोही अवधिको तुलनामा ११ प्रतिशतले वृद्धि हासिल भएको हो। मे महिनाको अन्त्यसम्ममा कूल ३ खर्ब ६३ अर्ब ४५ करोड २४ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन्।
आ.व.२०२०-२१ मा मे महिनासम्ममा  ३ खर्ब २७ अर्ब ४६ करोड रुपैयाँ प्रथम् बीमाशुल्क आर्जन भएको इन्स्योरेन्स रेगुलेटर एण्ड डेभलपमेन्ट अथोरिटीले जारी गरेको तथ्यांकमा उल्लेख छ। कूल बजार हिस्सा मध्ये सरकारी स्वामित्वको एलआइसी इण्डियाले ६०.७७ प्रतिशत हिस्सा ओगटेको छ। एलआइसीले यो अवधिसम्ममा २ खर्ब २० अर्ब ८७ करोड रुपैयाँ प्रथम् बीमाशुल्क आर्जन गरेको छ।
गत वर्ष मे महिनासम्ममा २ खर्ब २० अर्ब ८७ करोड रुपैयाँ प्रथम् बीमाशुल्क आर्जन गरेको थियो। रोचक पक्ष के छ भने समग्र बजारले ११ प्रतिशतको हाराहारीमा वृद्धि दर हासिल गरेपनि एलआइसीको वृद्धि दर १ प्रतिशत भन्दा निक्कै तल रहेको छ। जीवन बीमा सेवामा भित्रिएको सूचना प्रविधिलाई निजी क्षेत्रको जीवन बीमा कम्पनीले भरपुर प्रयोग गर्दै व्यवसाय वृद्धि गर्न सफल भएपनि एनआइसी इण्डिया सुस्त रहेकोले वृद्धि दर कमजोर रहेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।
अझ गत आ.व. को मे‌ महिनाको तुलनामा एलआइसीको प्रथम बीमाशुल्क आम्दानी चालू आ.व.को मे महिनामा १२.३८ प्रतिशतले ह्रास आएको छ। भारतीय जीवन बीमा बजारमा दोश्रो स्थानमा रहेको एसबिआई लाईफको प्रथम् बीमाशुल्क आम्दानीको हिसाबले बजार हिस्सा जम्मा ६.९४ प्रतिशत रहेको छ।‌ मे महिनासम्ममा एसबिआई लाईफले रु. २५ अर्ब २२ करोड ९४ लाख रुपैयाँ प्रथम बीमाशुल्क आम्दानी गरेको छ। १.३५ प्रतिशत आम्दानी वृद्धि गरेको एसबिआईको गत आर्थिक वर्षको मे महिनासम्ममा प्रथम बीमाशुल्क आम्दानी जम्मा रु. २५ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ रहेको थियो।
मे महिनाको मात्र आम्दानीलाई गत आर्थिक वर्षको मे महिनाको तुलनामा एसबिआईले १.५६ प्रतिशतले वृद्धि गरेर रु.१० अर्ब ३७ करोड ४५ लाख रुपैयाँ पुर्याएको छ। भारतमा आर्थिक वर्ष अप्रिलमा शुरु भएर मार्चमा समाप्त हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS