IME Life New

भारतीयलाई १ खर्ब ३४ अर्ब तिर्न बाँकी रहेको बंगलादेशले नेपाललाई बिजुलीको पैसा देला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्ने तयारी गरेको छ। बंगलादेशको मन्त्री परिषद्तले प्रति युनिट ९ रूपैयाँमा विद्युत खरिद गर्ने निर्णय समेत गरेको छ । अहिले भारतसँग मात्र बिजुली खरिद बिक्री गरिरहेको नेपाल विद्युत प्राधिकरणले बंगलादेशमा समेत बिजुली निर्यातबाट विदेशी मुद्रा भित्र्याउनेमा आशावादी छ।

नेपालले ४० मेगावाट बिजुली निर्यातका लागि भारतीय प्रशारण लाइन हुँदै बंगलादेशसम्म विद्युत निर्यात गर्नुपर्छ। यसका लागि नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झाैता भने हुन बाँकी छ। बंगलादेशमा शेख हसिना नेतृत्वको सरकार ढलेपछि बिजुली निर्यात सम्बन्धी सम्झाैतामा हस्ताक्षरको नयाँ मिति अनिर्णित छ।

Esewa
Crest

नेपालले विदेशी मुद्रा भित्र्याउने आशा गरि रहँदा भारतीय सञ्चारमाध्यमका अनुसार बिजुली प्रयोगवापत बंगलादेश सरकारले भारतीय कम्पनीलाई १ अर्ब अमेरिकी डलर भन्दा बढी अर्थात् १ खर्ब ३४ अर्ब रूपैयाँभन्दा बढी बक्याैता रकम तिर्न बाँकी छ।

इकोनोमिक टाइम्सका अनुसार अडा एनर्जी, सेल एनर्जी इण्डिया, पावर ट्रेड कम्पनी(पिटिसी) इण्डिया, पावर ग्रिड कर्पोरेशन अफ इन्डिया र झारखण्डको गोड्डा पावर प्लाण्टले बंगलादेश सरकारबाट लामो समयदेखि बिजुलीको भुक्तानी पाएका छैनन् ।

भारतीय धनाढय गाैतम अडानीको कम्पनी अडानी एनर्जीले मात्रै ८० करोड डलर भुक्तानी गर्न बाँकी छ। अडानीको कम्पनीले झारखण्डमा रहेको १६०० मेगावाट क्षमताको बिजुली प्लाण्टबाट बंगलादेशलाई बिजुली आपूर्ती गरिरहेको छ।

यसैगरी सेल एनर्जीले मात्रै गत जुन महिनासम्ममा बंगलादेश सरकारसँग १५ करोड अमेरिकी डलर भुक्तानी लिन बाँकी छ । इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार,  कम्पनीसँग बंगलादेशलाई २५० मेगावाट विद्युत् आपूर्ति गर्ने सम्झौता छ ।

अर्को कम्पनी एनटीपीसीले करिब आठ करोड डलर प्राप्त गर्न बाँकी रहेकोमा गत अगस्ट महिनामा ७ करोड ९० लाख अमेरिकी डलर भुक्तानी पाएको छ। इकोनोमिक टाइम्स रिपोर्ट अनुसार पीटीसी इन्डियाले पश्चिम बंगाल राज्य विद्युत वितरण कम्पनीबाट बंगलादेश पावर डेभलपमेन्ट प्राधिकरणलाई २५० मेगावाट बिजुली आपूर्ति गर्ने सम्झौता गरेको छ । यसबाहेक पावर ग्रिड कर्पोरेशन अफ इन्डियाले २ करोड डलर भुक्तानी प्राप्त गर्न बाँकी छ ।

आयातित कोइलाको प्रयोगबाट तापीय उर्जाको माध्यमबाट बिजुली उत्पादन गरिरहेको झारखण्डको गोड्डा पावर प्लान्टले पनि भुक्तानी पाएको छैन । इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार यो प्लान्टले तरल इन्धन प्रयोग गरेर बिजुली उत्पादन गर्ने योजना बनाए पनि उधारो असुली नहुँदा बिजुली उत्पादनलाई निरन्तरता दिन सक्ने अवस्था छैन।

बंगलादेशी अखबार प्रथम आलोको अनलाइन संस्करणमा प्रकाशित समाचार अनुसार भारतीय विद्युत कम्पनीहरूलाई बिजुली वापतको ठूलो रकम बंगलादेशले भुक्तानी गर्न बाँकी छ। प्रथम आलोसँगको कुराकानीमा केन्द्रीय बैंक बंगलादेश बैंकका गभर्नर अहसान एच मन्सुरले भनेका छन् , अदानी पावरलाई धेरै पैसा तिर्न बाँकी छ। विद्युत् आपूर्तिलाई निरन्तरता दिन यी बक्यौताको भुक्तानी जरूरी छ ।

अदानी पावरसँगै, एनटीपीसी र पीटीसी इन्डिया जस्ता कम्पनीले बंगलादेशको अन्तरिम सरकारसँग बक्याैता रकम भुक्तानी प्राप्त गर्न वार्ता गरिरहेको बंगलादेशी अखबार प्रथम आलोको अनलाइन संस्करणमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS