IME Life New

भारतमा सरकारी कार्यक्रमले बढायाे बीमामा जनसहभागीता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । भारतमा गरिएकाे “आर्थिक सर्वेक्षण २०२२-२३” ले बीमा प्रवर्द्धनमा सरकारी कार्यक्रम र वित्तीय समावेशीताका कारण बीमा अपनाउने र प्रवेश गर्नेकाे संख्या उल्लेखनीयरूपमा वृद्धि भएकाे छ ।

प्रधान मंत्री बाली बीमा योजनाले बाली बीमाको बीमाशुल्क आम्दानीमा उल्लेखनीय वृद्धि देखिएको छ। यसैगरी आयुष्मान भारत (प्रधानमन्त्री जन आरोग्य योजना) ले स्वास्थ्य बीमा याेजनामा सर्वसाधारणकाे सहभागीता बढाएकाे भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । यस बीमा याेजना अन्तर्गत माध्यमिक र तृतीय तहका सरकारी अस्पतालमा उपचारकाे लागि भर्ना हुँदा प्रति परिवार भारु ५ लाख( ८ लाख रूपैयाँ) को स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएकाे छ।

Esewa
Crest

सरकारी याेजना र कार्यक्रम बाहेक, बढ्दाे आवादी,अनुकूल नियामकीय वातावरण, बीमा कम्पनीहरुबीचकाे गाभ्ने गाभिने प्रकृया,बीमालेखमा नवप्रवर्तन, र अझै सकृय वितरण प्रणालीका कारण  भारतमा बीमा बजारको वृद्धिलाई सहयाेग पुर्याइरहेकाे छ।

यद्यपि, जाेखिम बहनमा आधारित बीमा याेजनाहरूकाे साटाे भारतीय बजारमा अझै पनि बचत र दीर्घकालीन प्रतिफलसँग बीमा याेजनाहरू जाेडिएका छन्, जसमा जाेखिमकाे पक्ष ज्यादै न्यून मात्रामा समेटिएकाे हुन्छ। त्यसैले परिवारकाे कुनै आय आर्जन गर्ने मुख्य व्यक्ति राेग दुर्घटना वा आत्महत्याका कारण अकाल मृत्युको घटनामा आर्थिकरुपमा कमजाेर परिवार झन् वित्तीय खाडलमा धकेलिने सर्वेक्षणमा लेखिएकाे छ ।

निर्जीवन बीमा बीमा क्षेत्रको वृद्धि स्वास्थ्य जाेखिम बहनकाे मागबाट प्रेरित हुने सम्भावना रहेकाे समेत आर्थिक सर्वेक्षणले औंल्याएकाे छ। सर्वसाधारणहरू काेराेना महामारी कोभिड-१९ पछि स्वास्थ्य सुरक्षाप्रति बढी संवेदनशील भएकाे र सरकारी जनस्वास्थ्य बीमा कार्यक्रमले समेत सहयाेग पुर्याउनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS