IME Life New

भारतमा सबैका लागि बीमा अभियानले सरकारी कोषमा वार्षिक रू १३ खर्ब बचत हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं। भारतमा सरकारले महत्वकांक्षीरूपमा घोषणा गरेको सन् २०४७ सम्ममा सबैका लागि बीमा अभियानको कार्यान्वयनले राज्य कोषमा वार्षिक १० अर्ब अमेरिकी डलर बचत हुने अनुमान गरिएको छ।

म्याकिन्सेले प्रकाशन गरेको अध्ययन प्रतिवेदनका अनुसार सेवा नपुगेका जनसंख्या र जोखिमहरू समावेश गर्न बीमा प्रवेश विस्तार गरेर वार्षिक रूपमा लगभग १० अर्ब अमेरिकी डलर(१३ खर्ब ५९ अर्ब रूपैयाँ) बचत गर्न सक्नेछ । यो बचतले आर्थिक वृद्धिलाई उत्तेजित गर्न पुन: लगानी गर्न सकिन्छ भन्ने प्रतिवेदनमा उल्लेख छ।

Esewa
Crest

यो पहल अन्तर्गत सीमान्तकृत र विपन्न परिवारलाइ व्यापक जीवन बीमा योजनामा सहभागि गराउने उद्देश्य छ। यसले दुर्घटना र अन्य अप्रत्याशित घटनाहरूको कारण जीवन वा जीविकोपार्जनबाट प्रभावित परिवारलाई आइपर्न सक्ने आर्थिक भार कम गर्न मद्दत गर्न सक्छ। प्रतिवेदना उल्लेख छ, बलियो र सस्तो निजी स्वास्थ्य बीमाले सार्वजनिक स्वास्थ्य सेवामा दबाब कम गर्न सक्छ। भारतको स्वास्थ्य सेवा पूर्वाधार सुधार गर्न सरकारी कोषहरूबाट भइरहेको लगानीको दबाब कम गर्न सक्छ।

म्याकिन्सेले लेखेको छ, साथै, बाली बीमामा लक्षित जोखिम बहनले बाली नोक्सानीलाई कम गर्न, बालीको क्षतिपूर्ति, ऋण चुक्ता गर्न र उत्पादन उपज बढाउन मद्दत गर्न सक्छ। यसबाहेक, भोगोलिक रूपमा संवेदनशील क्षेत्रको लागि अनिवार्य बीमा सहित प्राकृतिक प्रकोप बीमा पुल स्थापनाले साना र मध्यम आकारका उद्यम र विनाशकारी घटनाबाट प्रभावित अन्य व्यवसायका लागि वित्तीय नोक्सानीको भार कम गर्न सक्छ।

इन्भेष्ट इण्डियाका अनुसार भारतीय बीमा उद्योगको कारोबारको आकार वार्षिक १ खर्ब १०अर्ब अमेरिकी डलर(१७६ खर्ब ७४ अर्ब) नाघेको छ। जीवन बीमाका हिसाबले भारतीय बीमा बजार विश्वकै नवाैं र निर्जीवन बीमाका लागि १४ औ‌‌ ठूलो बजार हो। सन् २०२७ सम्ममा भारतीय बीमा बजारको आकार २ खर्ब अमेरिकी डलर नाघ्ने अनुमान गरिएको छ।

आर्थिक वर्ष २०२० देखि २०२३ बीचको अवधिमा वार्षिक वृद्धिदर ११ प्रतिशत रह्यो । यो वृद्धिदर अन्य एशियाली मुलुकहरूको तुलनामा अधिक हो । प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०१६ देखि २३ सम्मको अवधिमा जीवन बीमाले वार्षिक ११.४ प्रतिशत र निर्जीवन बीमाले १५ प्रतिशत वृद्धिदर हासिल गरेको छ।

प्रतिवेदनमा उल्लेख छ, बीमा उद्योगको वृद्धि दर भारतीय बीमा नियामक र विकास प्राधिकरणको “सबैका लागि २०४७ सम्म बीमा” को लक्ष्यसँग मिल्दोजुल्दो छ। नियामकले ग्राहक-केन्द्रित नियमहरू प्रस्तुत गरेको छ जसले खरिद प्रकृयालाई सरल बनाउने उद्देश्य राखेको छ। देशैभर १८ हजारभन्दा बढी बीमा वाहक स्वयम सेवक नियुक्त गरेको छ, उनीहरूले स्वास्थ्य स्वयमसेवी झैं घरदैलोमै पुगेर बीमालेख बिक्रीको काम गरिरहेका छन् ।

यसबाहेक, निजी र डिजिटल बीमाकर्ताहरूको वृद्धि सार्वजनिक क्षेत्रका बीमाकर्ताहरूको भन्दा बढि रहेको छ। बीमा क्षेत्रमा पुँजीको आवागमनले पनि यो विस्तारलाई अघि बढाएको छ ।

कारोबार रकम बढे पनि बीमामा सर्वसाधारणको प्रवेश दर आर्थिक वर्ष २०२२ को ४.२ प्रतिशतबाट गत आर्थिक वर्ष २०२३ मा ४ प्रतिशतमा झरेको छ। यसले बीमालेखको नवप्रवर्तन, वितरण दक्षता र नवीकरण व्यवस्थापनमा रहेको अन्तरलाई उजागर गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS