IME Life New

भारतमा बीमितको डाटा चोरेर बीमकसँग ह्याकरले माग्यो फिरौती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ह्याकर समूहले भारतमा बीमितको डाटा चोरेर एउटा जीवन बीमा कम्पनीसँग फिरौती मागेको घटना सार्वजनिक भएको छ।ह्याकरले भारतको एचडीएफसी लाइफ इन्स्योरेन्स कम्पनीसँग बीमितको डाटा चोरेर फिरौती माग गरेको घटना सार्वजनिक भएको हो।

कम्पनीले यस विषयमा मुम्बईस्थित साइबर अपराध विभागमा उजुरी दिएको छ। ह्याकरले कम्पनीबाट बीमितको डाटा चोरेर फिरौती मागेको र फिरौती नदिएमा डाटा लिक गरिदिने चेतावनी दिएको उजुरीमा उल्लेख छ।

Esewa
Crest

कम्पनीले आफ्ना बीमित ग्राहकको डाटा चोरी भएको भन्दै स्टक एक्सचेन्जमा पत्र पनि पठाएको छ। पत्रमा यस घटनाका बारेमा विज्ञ टोली परिचालन गरी अनुसन्धान सुरु गरिएको पनि उल्लेख छ।

साइबर अपराध विभागमा कम्पनीले नोभेम्बर १९ मा मेलमार्फत आफ्ना बीमितको डाटा चोरी भएको जानकारी प्राप्त भएको जानकारी गराएको छ। ‘मेल पठाउने दुई दिनभित्र सम्पर्क गर्न भनिएको छ। सम्पर्क नगरेमा सबै डाटा बेचिदिने चेतावनी दिइएको छ’, पत्रमा उल्लेख छ।

ह्याकरले बीमितको नाम, पोलिसी नम्बर, ठेगाना, नम्बरलगायतका महत्वपूर्ण विवरण चोरी गरेका छन्। कम्पनीमा लगातार नोम्बर २०–२१ मा ह्याकरबाट डाटा लिक गरिदिने चेतावनी आएको थियो।

साइबर अपराध विभागले यो घटनाको अनुसन्धान गरिरहेको छ। हालसम्म पनि ह्याकरको बारेमा पत्ता भने लागिसकेको छैन। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS