IME Life New

भारतमा ‘बीमा सुगम’लाई अनुमति, सबै बीमालेखको किनमेल अब एउटै प्लेटफर्ममा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको बीमा नियामक र विकास प्राधिकरण (आईआरडीएआई)ले इलेक्ट्रोनिक बीमा बजार ‘बीमा सुगम’लाई अनुमति प्रदान गरेको छ। बीमा सुगमले अनुमति पाएसँगै अब भारतमा बीमालेख खरिद गर्नेहरुलाई धेरै सहज हुनेछ। बीमा सुगममा अनलाइनमाध्यमबाट बीमितले जुनसुकै बीमा कम्पनीको बीमालेख एउटै साझा मोबाइल एप्स वा वेबसाइटबाटै खरिद गर्न सक्ने सुविधा उपलब्ध छ।

नियामकका अनुसार यो एकीकृत सेवाले बीमितहरुलाई बीमालेख खरिद गर्नका लागि अभिकर्तालाई सम्पर्क गर्नुपर्ने वा बेग्लाबेग्लै कम्पनीको कार्यालय वा वेबसाइट चाहार्नुपर्ने बाध्यता हट्नेछ । यो प्लेटफर्ममा बीमितले बीमाशुल्क तुलना गर्न, बीमालेखको पूर्ण जानकारी लिन र आवश्यकता अनुसार खरिद गर्न सक्नेछन्।

Esewa
Crest

यो प्लेटफर्ममा जीवन, स्वास्थ्य र निर्जीवन बीमालेख गरी तीन खण्डमा बीमालेखहरु बिक्रीमा राखिएका छन् । आईआरडीएआईले भनेको छ, ‘यो विद्युतीय बजारले ग्राहक, बीमक, अभिकर्ता र वितरकसहित सबै बीमा सरोकारवालाका लागि एकल बिन्दु समाधानका रुपमा काम गर्नेछ। यसले बीमालेखमा पारदर्शिता र सहकार्यलाई प्रवर्द्धन गर्नेछ।’

गत फेब्रुअरीमा जारी गरिएको मस्यौदामा कम्पनी ऐन, २०१३ अन्तर्गत गठन गरिएको बीमा सुगमलाई नाफारहित संस्थाका रुपमा उल्लेख गरिएको थियो। जहाँ उपभोक्तालाई प्लेटफर्मको सेवाहरु प्राप्त गरेवापत कुनै सेवा शुल्क तिर्नुपर्नेछैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS