IME Life New

भारतमा बीमा धोखाधडीका घटना अचाक्ली, वार्षिक ३० हजार करोड नोक्सानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हालै छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा एक महिलाले बीमाको पैसा हत्याउन आफ्नै पति हत्या गर्न लगाएको खुलेको थियो। ती महिलाको नजर पतिको भारु ४५ करोडको बीमा रकमसँगै सम्पत्तिमा पनि थियो।

ती महिलाको पतिको प्लटमा काम गर्ने मिस्त्रीसँग नाजायज सम्बन्ध थियो। पत्नीको सम्बन्धबारे कुरा थाहा पाएपछि शिक्षक पेसामा रहेको ती व्यक्तिले मिस्त्रीलाई घर आउन र जान रोक लगाए। यसबाट आक्रोशित ती महिलाले मिस्त्रीसँग मिलेर पतिको हत्या गर्ने निर्णय गरिन्। पतिको हत्या गराउन ती महिलाले भारु ४ लाखको सुपारी दिएकी थिइन्। हत्यामा संलग्नहरुले ती शिक्षकलाई बिहान हिँड्ने क्रममा गाडीले ठक्कर दिएर हत्या गरिदिए।

Esewa
Crest

बीमा धोखाधडीको यो एउटा उदाहरण घटनामात्रै हो। भारतीय बीमकले बीमा ठगीका कारण वार्षिक ३० हजार करोड रुपैयाँ नोक्सानी व्यहोर्ने गरेका छन्।

व्यापारिक साइट ग्रोभमा प्रकाशित इन्डिया फोरेन्सिक रिसर्चका अनुसार भारतीय बीमा क्षेत्रले बीमा ठगीका कारण वार्षिक करिब ३० हजार करोड रुपैयाँ नोक्सानी व्योर्नुपरेको छ। अर्थात प्रत्येक कम्पनीले आफ्नो कुल राजस्वको ८.५ प्रतिशत घाटा व्यहोर्नुपरेको छ।

बीमा क्षेत्रमा दुईवटा क्षेत्र छन्। एउटा लाइफ इन्स्योरेन्स र अर्को जनरल इन्स्योरेन्स। भारतको जीवन बीमा क्षेत्रमा यस्ता ठगीका घटना ८६ प्रतिशत रहेको छ भने सामान्य बीमामा १४ प्रतिशतमात्रै छ। सर्वाधिक बीमा धोखाधडीको घटना हुने राष्ट्रहरुको सूचीमा भारत चौथो स्थानमा रहेको छ।

पछिल्लो समय बीमा एक आवश्यकता भएको छ। जसले अप्रत्याशित घटनामा मानिस र तिनको परिवारलाई मानसिक शान्ति र आर्थिक सुरक्षा प्रदान गर्दछ। तर, आज बजारको जटिलतासँगै यससँग सम्बन्धित ठगी र हत्याजस्ता अपराध पनि यसको नाममा भइरहेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS