IME Life New

भारतमा बीमा कम्पनीको सेवा एकीकृत गर्न ‘बीमा सुगम’ अप्रिलदेखि कार्यान्वयनमा ल्याइँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा बीमासम्बन्धी सबै सेवा एकीकृत रुपमा उपलब्ध गराउनका लागि प्रस्तावित डिजिटल प्लेटफर्म (मञ्च)को पहिलो चरण आगामी वर्ष सन् २०२५ अप्रिल (२०८१ चैत) महिनामा सुरु हुने भएको छ।

भारतीय बीमा प्राधिकरणका अध्यक्ष देवाशीष पाण्डाले जीवन, निर्जीवन र स्वास्थ्य बीमकका प्रमुख कार्यकारी अधिकृतसँग यसै साता भएको बैठकमा यस्तो जानकारी गराएका थिए।

Esewa
Crest

अधिकारीहरुले बीमा सुगम सञ्चालन गर्न नाफा रहित कम्पनीलाई जिम्मा दिइनेछ। प्रस्तावित संस्थाका लागि आवश्यक उच्च व्यवस्थापकीय जनशक्ति नियुक्तिको प्रकृया अन्तिम चरणमा पुगेको द हिन्दुको अनलाइन संस्करणले जनाएको छ।

बीमा सुगमको व्यावसायिक संरचना, सञ्चालन र प्रविधिसहित विभिन्न उपसमूहबाट प्राप्त सुझावहरु पनि बैठकमा समीक्षा गरिएको थियो। साथै, कम्पनीका प्रस्तावित प्रथम सञ्चालकले बीमा सुगमको शुभारम्भका लागि बृहत् कार्ययोजनाका बारेमा अनौपचारिक छलफलमा संलग्न भएको परिषद्ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बीमा सुगम के हो ?

बीमा सुगम सञ्चालन गर्नुको उद्देश्य बीमालाई थप सुलभ, किफायती र प्रयोगकर्तामैत्री बनाउनु रहेको छ। यो एक साझा मञ्च हो, जहाँ उपभोक्ताले विभिन्न बीमकले बिक्री गरिरहेका बीमालेखबीच तुलना गरेर बीमालेख छनौटका लागि उपयुक्त निर्णय लिन सक्छन्। यो सेवाले बीमा दाबी प्रक्रियालाई पनि सहजीकरण गर्नेछ। प्रस्तावित प्लेटफर्मले हजारौँ उत्पादन र सेवामध्येबाट उत्कृष्ट योजना पहिचान गर्न उपभोक्तालाई सहयोग गर्दै कागजी प्रक्रियाको झन्झट घटाउने अपेक्षा गरिएको छ।

बीमा सुगमले जीवन, स्वास्थ्य र यात्रा बीमा सहित सबै बीमा सेवा उपलब्ध गराउनेछ। यस प्लेटफर्मले बीमालेख तथ्यांकमा आधारित स्वास्थ्य बीमा र मृत्युदर दाबीसहित दाबीहरुको विद्युतीय माध्यमबाट समाधानलाई सहज बनाउनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS