IME Life New

भारतमा बीमा एजेन्टको ठगी धन्दा, ‘डाक्टर हुँ’ भन्दै ५० बढी युवतीको लाखौँ रकम झ्वाम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा एक बीमा एजेन्टले आफू ‘डाक्टर हुँ’ भन्दै ५० जनाभन्दा बढी युवतीको पैसा ठगी गरेको घटना सार्वजनिक भएको छ। घटना भारतको राजधानी दिल्लीको हो।

दिल्ली प्रहरीले एक बीमा एजेन्टलाई पक्राउ गरेपछि यो ठगी धन्दाको खुलासा भएको हो। ती बीमा एजेन्टले वैवाहिक वेबसाइटहरुमा विवाहको कुरा गरेर लाखौँ रुपैयाँ ठगी गरेका छन्।

Esewa
Crest

केही समयपछि एक युवतीले वैवाहिक वेबसाइटमार्फत आफू ठगिएपछि दिल्ली पुलिसमा उजुरी दिएकी थिइन्। ती युवतीको उजुरीपछि प्रहरीले घटनाको अनुसन्धान थाल्यो। प्रहरीले कल डिटेल रेकर्डबाट रञ्जित रञ्जन ठाकुर नामका व्यक्तिलाई ट्रेस गर्यो र उनलाई सगरपुरबाट पक्राउ गर्यो।

ती ४२ वर्षीय बीमा एजेन्ट वैवाहिक वेबसाइटहरुमार्फत आफूलाई डाक्टरका रुपमा प्रस्तुत गरेका थिए। ‘उनले युवतीहरुसँग विवाह गर्ने वाचा गर्थे’, दिल्ली प्रहरीका एक अधिकारीले भने, ‘उनले हालसम्म ५० भन्दा बढी युवतीलाई विवाहको आश्वासन दिएर लाखौँ रकम ठगी गरेको पाइएको छ।’

प्रहरीमा परेको उजुरीमा ती युवतीले आफू एक वैवाहिक वेबसाइटबाट डा अमन शर्मासँग सम्पर्कमा आएको बताइन्। ‘पछि विवाहको बहानामा उसले पैसा माग्न थाल्यो, मैले पैसा पनि दिन थालेँ’, उजुरीमा उल्लेख छ, ‘मैले १ लाख रुपैयाँभन्दा बढी रकम दिएँ। पछि मैले थाहा पाएँ कि उसले त नक्कली नाम र फोटो प्रयोग गरिरहेको छ।’

उजुरी पाएपछि दिल्ली प्रहरीले घटनाको अनुसन्धान गर्न प्रहरी टोली गठन गरेको थियो। अनुसन्धानका क्रममा प्रहरीले ठगीबाट रकम ट्रान्सफर भएको खाता पत्ता लगाएको थियो। खाताबाट आरोपीको शंकास्पद मोबाइल नम्बर पत्ता लागेको थियो।

दिल्ली प्रहरीका अनुसार त्यसपछि रञ्जित रञ्जन ठाकुर नामका व्यक्तिलाई कल डिटेल रेकर्डबाट ट्रेस गरी सागरपुरबाट पक्राउ गरिएको थियो। सोधपुछका क्रममा उनले ५० भन्दा बढी युवतीलाई डाक्टर बनेर ठगी गरेको बताए। ती युवतीबाट उनले लाखौँ रकम ठगी गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS