IME Life New

भारतमा पेटीएमलाई शेयर ब्रोकर लाईसेन्स र नेपालले सिक्नु पर्ने पाठ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ। भारतमा पेटीएमले अब छिटै शेयर कारोवार गर्न स्टक ब्रोकर सेवा उपलब्ध गराउँदै छ । भारतको शेयर बजार नियामक सेवीले पेटीएमलाई शेयर ब्रोकर सुविधा दिन यही जनवरी महिनामा अनुमति दिएको हो । भारतीय संचार माध्यम इकोनोमिक टाइम्सका अनुसार पेटीएमले छिटै शेयर कारोवार सुरु गर्ने छ । पेटीएम भारतको निकै ठूलो अन्लाईन पेमेन्ट सेवा उपलब्ध गराउने सस्था हो ।

Esewa
Crest

 

भारतमा पेटीएमले ब्रोकर सेवा उपलब्ध गराउने चर्चा संगै त्यहाँको शेयर बजारमा एक प्रकारको रौनक छाएको छ। निकै राम्रो ग्राहक र धेरै जनताको हातमा पेटीएम भएकाले सजिलै पेटीएमले शेयर ब्रोकर सेवामा आक्रामक रुपमा अघि बढ्ने निस्कर्ष त्यहाका बजार विश्लेषकहरुले गर्न थालि सकेको छन् । शेयर ब्रोकर व्यवसायमा  ग्राहकको आधारले जेरोधा भारतको सबै भन्दा ठूलो ब्रोकर कम्पनी हो र पेटीएमको आगमन पश्चात जेरोधालाई पेटीएमले टक्कर दिने निश्चित जस्तै देखिएको छ ।

नेपाली सन्दर्भ

नेपालको शेयर बजारको ब्रोकर सेवा भने अन्य देशको तुलनामा करिव २० वर्ष पुरानो जस्तै देखिएको छ । नेपालमा वाणिज्य बैंकको सहायक कम्पनीहरुलाई ब्रोकर लाईसेन्स दिन विभिन्न पक्षले चलखेल गरिरहेका अनुभुती गर्न सकिन्छ  नभए वर्षौ सम्म यो कुरा रोकिने थिएन ।

नेपालको ब्रोकर व्यवसायमा न प्रतिस्पर्धा छ न नेपाली लगानीकर्ताले आफुले सोचेको जस्तो सेवा सुविधा पाएका छन् ।  विदेशका लगानीकर्ताहरु कुन शेयर किन्ने र बेच्ने भनेर अनुसन्धान गरेर बस्ने गरेकोमा नेपाली लगानीकर्ताहरु भने कसरी अनलाईन चलाउने, नेप्से परिसूचक किन फरक देखियो, किन अनलाईन चलेन, कति पटक रिफ्रेश गर्नु पर्ने हो जस्ता सामान्य कुरामा आफ्नो ध्यान केन्द्रित गरेर बसेका छन् । यो सम्पूर्ण लगानीकर्ता, नेप्से, धितोपत्र बोर्ड र अर्थमन्त्रालयको लागि टाउको दुखाईको विषय हो । यसो हेर्दा लगानीकर्ताले मात्र टाउको दुखाएर बसेको देखिन्छ । नेपाली शेयर बजारको लागि यो अत्यन्त दुखको विषय हो । ब्रोकरहरुले दुख दिए , समयमा भुक्तानी भएन जस्ता सामान्य देखि सामान्य विषयमा लगानीकर्ताहरु सामाजिक संजालमा आफ्नो मनको पिडा पोखेर बसेको देखिन्छ ।

नेपालमा पनि धेरै अनलाइन मार्फत पैसाको कारोवार गर्ने सस्थाहरु छन् । जस्तै  ई-सेवा, आईएमई पे, खल्ती आदि । नेपालमा यी सस्थाहरुले लामो समय देखि यो क्षेत्रमा कार्यरत छन् र धेरै जनताले  माथिका सेवा प्रयोग पनि गर्दै आएका छन् ।

नेपालमा पनि अनलाइन मार्फत पैसाको कारोवारमा  कार्यरत विभिन्न सस्थाहरुलाई शेयर ब्रोकर लाईसेन्स दिने हो भने पक्कै पनि धेरै भन्दा धेरै जनताले शेयर ब्रोकरको सुविधा पाउने र लगानीकर्ताको कारोवार पनि सहज हुने देखिन्छ । शेयर किनबेचे पश्चात सजिलै लगानीकर्ताको खातामा रहेको रकम राफसाफ हुने र लगानीकर्ताले सजिलै सो रकम आफ्नो बैंक खातामा ट्रान्सफर गर्न मिल्ने सुविधा पाउने  देखिन्छ । जे होस अहिलेको प्रणाली भन्दा धेरै सुविधा हुने छ ।

अहिले सम्म अनलाइन मार्फत पैसाको कारोवारमा कार्यरत सस्थाहरुले शेयर ब्रोकर सेवामा प्रवेश गर्न खास कसरत गरेको देखिदैन र चासो दिएको पनि देखिदैन । साहेद  नेपालको नियामक निकायहरु प्रविधि र प्रतिष्पर्धामा त्यति खुला नभएको कारणले गर्दा हुन सक्छ ।

अनलाइन मार्फत पैसाको कारोवार गर्ने सस्थाहरुले पनि शेयर ब्रोकर सेवालाई  प्राथमिकतामा राखे उनीहरुले शेयर ब्रोकर व्यवसायबाट राम्रो आम्दानी संगै नेपाली लगानीकर्ताले पनि आकर्षक सेवा सुविधा पाउने देखिन्छ।

नेपालमा कार्यरत लगानीकर्ताको हक हित संरक्षणका लागि खोलिएका संघ सस्थाले पनि यस विषयलाई अनुसन्धानको दायर दायरामा नराखेको देखिन्छ । लगानीकर्ता संघ सस्थाले पनि यस प्रकारका कुराहरुलाई अनुसन्धान गर्दै एउटा प्रमुख मागको रुपमा अघि बढाउनु पर्ने देखिन्छ ।

आजको युगम प्रतिष्पर्धा र प्रविधि नभए सम्म कुनै पनि सेक्टरले प्रगति गर्न सक्दैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS