IME Life New

भारतमा पहिलो फ्लाइङ स्कुल खोल्दै एयर इन्डिया, वार्षिक १८० जनाले पाइलट ट्रेनिङ पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टाटा ग्रुपको एयरलायन्स एयर इन्डियाले भारतमा आफ्नो पहिलो फ्लाइङ स्कुल खोल्ने तयारी गरेको छ। इकोनोमिक्स टाइम्समा प्रकाशित समाचारअनुसार एयर इन्डियाको यो फ्लाइङ स्कुल महाराष्ट्रको अमरावतीमा खोलिनेछ।

एयरलायन्स पाइलटको अनुमानित कमी कम गर्नका लागि यो फ्लाइङ स्कुल खोल्न लागिएको कम्पनीले जनाएको छ। यो फ्लाइङ स्कुलको क्षमता हरेक वर्ष १८० जना पाइलटलाई तालिम प्रदान रहनेछ।

Esewa
Crest

त्यहाँ तालिम पूरा भएपछि पाइलटलाई एयर इन्डियाको ककपिटमा डाइरेक्ट इन्ट्री दिइनेछ। यो स्कुलमा पाइलट तालिम दिन कम्पनीले अमेरिकी कम्पनी पाइपर र युरोपियन म्यानुफ्याक्चरर डायमन्डसँग लगभग ३० वटा सिंगल इन्जिन र ४ वटा मल्टिइन्जिनवाला विमान छनौट गरिसकेको छ।

भारत सरकारले कमर्सियल पायलट ट्रेनिङलाई बढावा दिन लगातार प्रोत्साहित गरिरहेको छ। किनकि वर्तमान अवस्थामा ४० प्रतिशतभन्दा बढी विद्यार्थी पाइलट तालिम लिन विदेश जाने गरेका छन्। जसको लागत वार्षिक भारु २ करोडसम्म हुने गरेको छ।

एयर इन्डिया नेक्स्ट जनरेसन पाइलट सप्लाईलाई कन्ट्रोल गर्न चाहन्छ । यो स्कुल नेसनल केरियरको लङ टर्म पाइपलाइनको एउटा जरुरी हिस्सा हुनेछ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS