IME Life New

भारतमा पहिलोपटक एक्यूआई बीमा पोलिसी लन्च, वायु प्रदूषणपीडित मजदुरलाई राहात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा पहिलोपटक प्रदूषणपीडित निर्माण मजदुरका लागि राहात दिन बीमा पोलिसी लन्च गरिएको छ। भारतको राजधानी दिल्लीमा एयर क्वालिटी इन्डेक्स (एक्यूआई)मा आधारित बीमा पोलिसी लन्च गरिएको हो।

निर्माण मजदुरका लागि यो बीमा पोलिसी डिजिटल जनरल इन्स्योरेन्स (डिजिट इन्स्योरेन्स)ले केएम दस्तुर रिइन्स्योरेन्स ब्रोकर्स (केएमडी)का साथ मिलेर लन्च गरेको हो। यो बीमा पोलिसीको मुख्य उद्देश्य दिल्ली–एनसीआरका ६ हजार २०० प्रवासी निर्माण मजदुरलाई लक्षित ल्याइएको छ।

Esewa
Crest

दिल्लीमा जब खतरनाक स्तरमा वायु प्रदूषण बढ्छ तब निर्माण कार्यमा रोक लगाइएको छ। यस्तो अवस्थामा यो बीमा योजनाले निर्माण मजदुरलाई आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ। यसले दैनिक ज्याला मजदुरी गर्ने श्रमिकलाई आर्थिक सहायता मिल्ने बताइएको छ।

यो बीमा योजना एक्यूआई प्यारामिटरमा आधारित रहेको छ। यदि दैनिक एक्यूआई स्तर ४०० भन्दा अधिक दुईपटक पार गर्छ भने यस योजनाअन्तर्गतको दाबी भुक्तानी अटोमेटिक रुपमा ट्रिगर हुन्छ। जब लगातार ५ दिनमा कम से कम ३ दिन एक्यूआई ४०० भन्दा माथि रहन्छ तब यो योजनाअन्तर्गत ‘स्ट्राइक’ (प्रदूषण संकट)को स्थिति जनाउँछ। प्रत्येक स्ट्राइकबीच कम से कम २५ दिनको अन्तर हुन अनिवार्य गरिएको छ।

यो बीमा योजनाअन्तर्गत श्रमिकले अधिकतम ६ हजार भारु पाउनेछन्। जसले खतरनाक प्रदूषण स्तरका कारण भएको ज्याला नोक्सानीको भर्पाइ गर्छ।

कम्पनीका अनुसार निर्धारण मापदण्ड पूरा हुनेबित्तिकै यस योजनामा मजदुरलाई तत्कालै दाबी भुक्तानी दिइन्छ। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS