IME Life New

भारतमा नेपाली दम्पतीमाथि भारु १५ करोडको गहना र पैसा चोरेको आरोप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा नेपाली दम्पतीमाथि भारु १५ करोड बढीको सुनका गरगहना र पैसा चोरेको आरोप लागेको छ।

डेकन हेराल्डमा प्रकाशित समाचारअनुसार भारतको बैंग्लोरस्थित विजयनगरका सुरेन्द्रकुमार जैनको घरमा नेपाली दम्पतीमाथि भारु १५ करोड १० लाखबराबरको सुनका गरगहना र पैसा चारेको आरोप लागेको हो। जैनले ती नेपाली दम्पतीविरुद्ध स्थानीय प्रहरीमा उजुरी दर्ता गरेका छन्।

Esewa
Crest

प्रहरीका अनुसार जैनको घरमा नवराज नाम गरेका नेपाली र उनकी पत्नी काम गर्न बसेका थिए। जैनले ६ महिनाअघि मात्रै नवराजलाई आफ्नो सुन पसलमा सहायकका रुपमा काम गर्न राखेका थिए। जैनको सुन पसल होसाहालीमा रहेको छ।

जैनले अन्यत्र बस्न समस्या भएपछि घरकै बेसमेन्टमा नवराज दम्पती बस्ने व्यवस्था मिलाएको प्रहरीमा दायर उजुरीमा उल्लेख छ। उनकी श्रीमतीले पनि जैनको घरमा आइपर्ने कामहरुमा सहयोग गर्थिन्।

जैनले उजुरीमा घरको लकरमा राखिएको श्रीमती, आमा, बहिनी र पसलको सुनका गरगहना र नगद पैसा नवराज दम्पतीले चोरेर लगेको आरोप लगाएका छन्।

बैंग्लोर प्रहरीका एक वरिष्ठ प्रहरी अधिकारीले नवराज दम्पतीले जैनको विश्वास जित्न सकेको र लकरसम्मको साँचो हात पार्न सफल भएको बताएका छन्। ‘जैन परिवार गत नोभेम्बर १ मा धार्मिक यात्रामा गएका थिए। जैनले घर रेखदेख गर्न नवराज दम्पतीलाई जिम्मेवारी दिएका थिए’, ती अधिकारीले भने, ‘उनीहरुले जैन परिवार धार्मिक यात्रामा गएको मौकाको फाइदा उठाउँदै अन्य दुई व्यक्तिको सहयोगमा घरमा चोरी गर्न सफल भए।’

जैन दम्पती घर फर्किंदा नवराज दम्पती भागिरहेकोले घटनामा उनीहरुको नै संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको ती प्रहरी अधिकारीले बताए। ‘नवराज दम्पती नेपालस्थित आफ्नो घर फर्किएको हुन सक्छ’, ती अधिकारीले भने, ‘हामीले खोजी गर्न प्रहरी टोली पठाएका छौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS