IME Life New

भारतमा निजी बीमकलाई ‘फ्री लुक’ अवधि १ वर्ष कायम गर्न निर्देशन, बीमितलाई राहात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत सरकारले निजी बीमा कम्पनीहरुलाई ‘फ्री लुक’ समयावधि १ महिनाबाट बढाएर १ वर्ष पुर्याउन निर्देशन दिएको छ।

भारतको वित्त सेवा विभागका सचिव एम नागराजुले फ्री लुक अवधि बढाउन निजी बीमा कम्पनीहरुलाई निर्देशन दिइएको जानकारी गराएका हुन्। फ्री लुक भनेको ग्राहकले सरेन्डर शुल्क नतिरिकन बीमा पोलिसी रद्द गर्न सक्ने अवधि हो।

Esewa
Crest

गत वर्ष भारतीय बीमा नियामकले यो अवधि १५ दिनबाट बढाएर ३० दिन कायम गरेको थियो। बजेटपछि मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा नागराजुले भने, ‘सरकारले बीमा कम्पनीहरुलाई बीमा पोलिसीको लुक आउट (फ्री लुक) अवधि १ महिनाबाट बढाएर १ वर्ष गर्न निर्देशन दिएको छ। यदि बीमितले यस अवधिमा पोलिसी फिर्ता गर्छन् भने बीमाकर्ताले जम्मा गरेको पहिलो प्रिमियम फिर्ता गर्नुपर्छ।’

नागराजुले सार्वजनिक क्षेत्रका बीमा कम्पनीहरुलाई बीमा पोलिसीमा ‘कल ब्याक’ सुविधा लागू गर्न निर्देशन दिइएको बताए। यसअन्तर्गत बीमा उत्पादन बिक्री भएपछि ग्राहकलाई ‘कल ब्याक’ दिइन्छ। यसअन्तर्गत ग्राहकले बीमा पोलिसीमा चित्त नबुझेमा वा यथास्थितिमा फिर्ता गर्न चाहेमा फिर्ता गर्न सक्नेछन्। ‘हामीले बीमा पोलिसीहरुको गलत बिक्री रोक्न निजी कम्पनीलाई पनि त्यसै गर्न निर्देशन दिएका छौँ’, उनले भने।

भारतीय बीमा नियामकको वर्ष २०२४ को वार्षिक प्रतिवेदनअनुसार अनुचित माध्यम अपनाई जीवन बीमा बिक्री गर्ने गरेको घटनासम्बन्धी मुद्दा अघिल्लो वर्षको तुलनामा घटेर २३ हजार ३३५ मा झरेको छ। अघिल्लो वर्ष २०२३ देखि यस्ता मुद्दा २६ हजार १०७ मा दर्ता भएका थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS