IME Life New

भारतमा ज्येष्ठ नागरिकका लागि भारू ५ लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा केन्द्रिय सरकारले ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ। केन्द्र सरकारले ७० वर्षभन्दा माथिका नागरिकका लागि वार्षिक ५ लाख भारू(८ लाख रूपैयाँ) सम्मको उपचार सुविधा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ।

यो कार्यक्रम हाल बंगाल र दिल्ली राज्य बाहेक अन्य सबै राज्यमा लागू भएको छ। भारतमा स्वास्थ्य बीमा कार्यक्रम आयुष्मान भारत केन्द्रीय सरकारको स्वास्थ्य बीमा योजना हो, जुन २३ सेप्टेम्बर २०१८ मा देशभर लागू गरिएको थियो।

Esewa
Crest

निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले गरिएको हो । यसले देशको चिकित्सा प्रणालीको सुधारमा नयाँ क्षितिज खोल्ने विश्वास गरिएको छ। आयुष्मान कार्ड वाहकहरूले वार्षिक ५ लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा पाउँछन्।आयुष्मान कार्ड धारकहरूले निःशुल्क उपचारका लागि कुनै पनि अस्पताल शुल्क तिर्न पर्दैन। यो कार्ड अनलाइन आवेदन गर्न सकिन्छ।

यो बीमाको फाइदा लिनका लागि सूचीकृत अस्पतालहरूमा बीमितले उपचार गराउनुपर्नेछ।  भर्ना, शल्यकृया, औषधि र अन्य चिकित्सा सेवाको खर्च यस बीमा अन्तर्गत समेटिनेछ। आयुष्मान कार्ड धारकहरूले निःशुल्क उपचारका लागि कुनै पनि अस्पताल शुल्क तिर्नु पर्दैन। सरकारी र निजी दुबै अस्पतालमा स्वास्थ्य सेवाको पहुँच हुनेछ। ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि विशेष स्वास्थ्य शिविर, जाँच र स्वास्थ्य परामर्श सञ्चालन गरिने छ ।

आयुष्मान भारत योजनाबाट करिब ४ करोड मानिस लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS