IME Life New

भारतमा एलपी ग्यासको मूल्य घटाउने मोदीको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मु्लुक भारतका प्रधानमन्त्री मोदीले एलपी सिलिन्डरको मूल्य भारु १०० ले घटाउने घोषणा गरेका छन् । मोदीले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रबार एलपीजी सस्तो बनाउने घोषणा गरेका हुन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्सबाट ट्विट गर्दै केन्द्रीय सरकारले एलपीजी सिलिन्डरको मूल्यमा भारु १०० छुट दिने निर्णय गरेको बताएका छन् । उनले लेखेका छन्, ‘आज महिला दिवसका अवसरमा हामीले ग्यास सिलिन्डरको मूल्यमा भारु १०० छुट दिने ठूलो निर्णय गरेका छौँ । यसले महिला शक्तिको जीवन सहज मात्रै होइन करोडौं परिवारको आर्थिक बोझ पनि कम गर्नेछ । यो कदम पर्यावरण संरक्षणमा पनि सहयोगी हुनेछ, जसले सम्पूर्ण परिवारको स्वास्थ्य सुधार गर्नेछ।’

Esewa
Crest

प्रधानमन्त्रीले आफ्नो ट्विटमा भनेका छन्, ‘यो निर्णय महिला सशक्तीकरण र उनीहरुको जीवन सहज बनाउने हाम्रो प्रतिबद्धताअनुरुप छ ।’

भारतमा दुई दिनअघि बुधबारमात्रै सीएनजीको मूल्य घटाउने घोषणा गरिएको थियो । बुधबार प्रतिकिलो २.५ रुपैयाँ घटाएपछि दिल्लीमा सीएनजीको मूल्य भारु ७४.०९ मा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS