IME Life New

भारतमा अभिकर्तालाई ‘बाइपास’ गर्दै जीवन बीमालेख बिक्री गर्ने प्रावधान लागू

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । छिमेकी मुलुक भारतमा बीमा कम्पनीहरुले मध्यस्थकर्ता अर्थात् अभिकर्ताकाे सहभागीता बिना नै जीवन बीमालेख बिक्री गर्न पाउने प्रावधान लागू भएकाे छ। बीमा नियामक तथा विकास प्राधिकरण आइआरडिएआईले १ अप्रिलदेखि लागू हुने गरी जारी गरेकाे निर्देशिकामा बीमा कम्पनीहरुले कुनै अभिकर्ताकाे स‌ंलग्नता बिना नै सिधै बीमितलाई बीमालेख बिक्री गर्न पाउने प्रावधान ल्याइएकाे छ।

अभिकर्तालाई दिनुपर्ने कमिशन तथा प्राेत्साहन रकम वापतकाे खर्च बचत हुँदा बीमितले लाभ पाउने र सस्ताे बीमाशुल्कमा बीमाकाे लाभ आम सर्वसाधारण सम्म पुर्याउन सकिने उद्देश्य सहित नियामकले नयाँ प्रावधान लागू गरेकाे हाे । नयाँ प्रावधानसँगै बीमा कम्पनीहरुले अभिकर्ताकाे मध्यस्थतामा बीमालेख बिक्री गर्दा अभिकर्तालाई कमिशन दिनुपर्नेछ भने सिधै बीमितलाई बिक्री गर्दा कमिशनवापतकाे बचत हुने रकमबाट बीमितलाई बीमाशुल्क रकममा छुट दिनुपर्नेछ। याे प्रावधानका कारण अभिकर्ताकाे मध्यस्थतामा खरिद गर्दा र प्रत्यक्षरुपमा खरिद गर्दाकाे बीमाशुल्क एउटै बीमालेखकाे हकमा पनि महँगाे र सस्ताे हुनेछ।

Esewa
Crest

एक राजपत्र  सूचनामा, आइआरडिएआईले भनेकाे छ,”प्रत्येक बीमकले वार्षिकरूपमा संचालक समितिबाट बीमालेख बिक्री गर्दा मध्यस्थकर्ताकाे अनुपस्थितिमा हुने खर्च कटाैती र त्यसकाे लाभ बीमितमा हस्तान्तरण गर्ने सम्बन्धमा स्पष्ट नीति जारी गर्नुपर्नेछ।”

आइआरडिएआईले मध्यस्थकर्ताकाे सहभागीता बिना जारी हुने बीमालेखवापत व्यवस्थापन खर्चमा भएकाे कटाैतीकाे लाभ बीमितमा हस्तान्तरण गर्न समेत निर्देशन दिएकाे छ।

यसअघि पनि विद्युतीय माध्यमबाट बीमा कम्पनीहरूले म्यादी जीवन बीमालेख बिक्री गर्दै  आएकाेमा प्रत्यक्ष बिक्रीवापत हुने खर्च कटाैतीवापतकाे लाभबाट बीमितलाई वञ्चित गर्दै आएका थिए । नयाँ प्रावधानले अब बीमा कम्पनीहरुलाई बाध्यकारी बनाएकाे छ।

यसअघि नियामकले व्यवस्थापनकाे खर्च अधिकत्तम सीमाभित्र रहेर बीमा कम्पनीले अभिकर्तालाई कमिशन वितरण गर्न सक्ने प्रावधान पनि अप्रिल १, २०२३ देखि लागू गरिसकेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

30%
happy

खुसी

10%
sad

दु :खी

20%
amazed

अचम्मित

10%
excited

उत्साहित

30%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS