IME Life New

भारतका ३ विश्वविद्यालयलाई ५ वर्षसम्म ‘पीएचडी’को पढाइ सञ्चालन गर्न प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको राजस्थानस्थित ३ विश्वविद्यालयलाई आउँदो ५ वर्षसम्म पीएचडीको पढाइ सञ्चालन गर्न रोक लगाइएको छ।

विश्वविद्यालय अनुदान आयोग (यूजीसी)को स्थायी समितिले नियम तोडेको भन्दै ती विश्वविद्यालयलाई पीएचडीको पढाइ सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो। आयोगको कारबाहीमा पर्ने विश्वविद्यालयमा राजस्थानको चुरुस्थित ओपीजेएस, अल्वरस्थित सनराइज र झुन्झुनुस्थित सिंघानिया विश्वविद्यालय छन्।

Esewa
Crest

यसअघि यूजीसीले ती विश्वविद्यालयले पीएचडीको पढाइ सञ्चालनसम्बन्धी नियम र शैक्षिक नीति पालना नगरेको पाएको थियो। त्यसपछि ती विश्वविद्यालयलाई यूजीसीले चित्तबुझ्दो जबाफ पठाउन स्पष्टीकरण सोधेको थियो। तर, उनीहरुको जबाफ चित्तबुझ्दो नपाएपछि यूजीसीले कारबाही गरेको हो।

यूसीजीले ती विश्वविद्याललाई वर्ष २०२५।२६ देखि २०२९।३० सम्म पीएचडीको पढाइ सञ्चालन गर्न रोक लगाएको छ। पीएचडीका विद्यार्थी भर्ना नगर्न पनि उनीहरुलाई यूसीजीले निर्देशन दिएको छ।

यूसीजीले एउटा विज्ञप्ति जारी गर्दै ती विश्वविद्यालयमा पीएचडीको कार्यक्रम भर्ना नहुन विद्यार्थी र तिनका परिवारलाई सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS