IME Life New

भारतः ८२० करोडको बैंकिङ घोटालामा सरकारी बैंकका ६७ शाखामा छापा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको सरकारी युको बैंकका बारेमा एउटा ठूलो खबर आएको छ। भारतको केन्द्रीय अनुसन्धान एजेन्सीले शंकास्पद आईएमपीएस कारोबारको मामलामा दुई राज्यमा रहेका बैंकका ६७ शाखामा छापा मारेको छ। यी कारोबार ८०० करोडभन्दा बढी रहेका छन्।

छापा मार्ने क्रममा सीबीआईले यी स्थानहरुबाट धेरै महत्वपूर्ण कागजातहरु र डिजिटल उपकरणहरु बरामद गरेको छ। यस सम्बन्धमा गत वर्ष नोभेम्बर २०२३ मा उजुरी परेको थियो र अनुसन्धानपछि अहिले ठूलो छापा मारेको खबर आएको छ।

Esewa
Crest

सीबीआईले बुधबार राजस्थान र महाराष्ट्रमा छापा मारेको थियो। ८२० करोडको शंकास्पद आईएमपीएस कारोबारका सम्बन्धमा छापा मार्दा युको बैंक र आईडीएफसीसम्बन्धी करिब १३० कागजात र ४३ वटा डिजिटल उपकरणहरु पनि बरामद गरिएको छ। जसमा ४० वटा मोबाइल फोन, २ वटा हार्डडिस्क र १ वटा इन्टरनेट डोङ्गल र अन्य सामानहरु छन्। यी कारोबार युको बैंकका विभिन्न खाताबाट भएको थियो।

बिजनेस टुडेको रिपोर्टका अनुसार यो केस ८ लाख ५३ हजार ४९ आईएमपीएस कारोबारसँग सम्बन्धित छ। जसमार्फत यो पैसा ट्रान्सफर गरिएको थियो। यी सबै कारोबार गत वर्ष नोभेम्बर १० देखि नोभेम्बर १३ सम्म भएका थिए। सात निजी बैंकका १४ हजार ६ सय खाताबाट युको बैंकका ४१ हजार खातावालाको खातामा आईएमपीएस कारोबार गलत भएको बताइएको छ।

तत्काल भुक्तानी सेवा अर्थात् आईएमपीएस वास्तवमा बैंकले उपलब्ध गराएको सेवा हो। जसको माध्यमबाट मानिसहरुले इन्टरनेट र फोन बैंकिङमार्फत तुरुन्तै पैसा ट्रान्सफर गर्ने सुविधा पाउँछन्। वास्तविक समय लेनदेनको कारणले गर्दा, अधिकांश मानिसहरुले यो भुक्तानी सेवा मात्र प्रयोग गर्छन्। तर, यस सेवामार्फत रकम ट्रान्सफर गर्न बैंकले सीमा पनि तोकेको छ। जसका कारण बढी रकमको कारोबार हुन सकेको छैन।

राजस्थान र महाराष्ट्रमा सीबीआईको छापा ती व्यक्तिहरुमा केन्द्रित थियो, जसले युको बैंक आईएमपीएस कारोबारमा पैसा प्राप्त गरे र बैंकलाई फिर्ता गरेनन्। सीबीआईका प्रवक्ताले यसअघि डिसेम्बर २०२३ मा पनि कोलकाता र मंगलौरमा निजी व्यक्ति र युको बैंकका अधिकारीहरुसँग जोडिएका १३ स्थानमा छापा मारिएको बताए।

सरकारी बैंकको सेयरमा सीबीआईले छापा मारेको यो खबरले प्रभाव पारेको छ। शेयर बजारमा बिहीबार युको बैंकको सेयर कारोबारको सुरुआतमा भारु ५८.९० मा खुलेको थियो भने बजार बन्द हुँदा २.४८ प्रतिशतले घटेर भारु ५७.१० मा बन्द भएको थियो। यो बैंकको सेयरको हालसम्मको उच्च स्तर भारु ७०.६५ र न्यून स्तर भारु २२.२५ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS