IME Life New

भारतः ल्याप्स भएको बीमा पोलिसीको पैसा फिर्ता दिलाउने नाममा करोडौँ ठगी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा ल्याप्स भएको बीमा पोलिसीको पैसा फिर्ता दिलाउने नाममा सर्वसाधारणबाट करोडौँ रकम ठगी भएको घटना सार्वजनिक भएको छ।

दिल्ली प्रहरीको विशेष सेलको र्आएफएसओ युनिटले बीमा पोलिसीको नाममा ठगी गर्ने दुईजना ठगीलाई पक्राउ गरेपछि यो घटना बाहिरिएको हो। प्रहरीका अनुसार पक्राउ परेका दुवैजना गाजियाबादका बासिन्दा हुन्। उनीहरुले सन् २०१४ देखि हालसम्म ५०० भन्दा बढी मानिसबाट भारु १२ करोडभन्दा बढीको ठगी गरे पाइएको छ।

Esewa
Crest

दिल्ली पुलिसले भारतका विभिन्न सहरमा उनीहरुको ३० वटा बैंक खाता फेला पारेको छ। जसमा उनीहरुले ठगीको पैसा जम्मा गर्ने गर्थे। दिल्ली पुलिसका अनुसार ती दुवैविरुद्ध उजुरी प्राप्त भएको थियो। जसमा पीडितले ल्याप्स भएको बीमा पोलिसीको पैसा फिर्ता गर्ने आश्वासन दिएर उनीहरुले लाखौं रुपैयाँ ठगी गरेको बताएका थिए। जब पुलिसले आरोपीको बैंक खाता र डिजिटल फुटप्रिन्ट खोज्यो तब उनीहरु गाजियाबादका बासिन्दा रहेको पत्ता लगायो।

त्यसपछि प्रहरीले दुवै अभियुक्तलाई लालकुँवा इलाकाबाट पक्राउ गरेको थियो। प्रहरीले ती दुवैबाट २५ वटा डेबिट÷क्रेडिट कार्ड, ३० वटा बैंक खाता विवरण र २ वटा मोबाइल फोन बरामद गरेको छ। प्रहरीले उनीहरुको खाता जफत गरेको छ।

सोधपुछका क्रममा ती दुवैले आफूहरुलाई एक व्यक्तिले बीमा पोलिसी ल्याप्स भएका व्यक्तिको विवरण उपलब्ध गराउने गरेको प्रहरीलाई बयान दिएका छन्। अहिले प्रहरीले फरार अभियुक्तहरुको खोजी गरिरहेको छ भने कसरी बीमा कम्पनीबाट सबै पैसा निकाले भन्ने विषयमा पनि अनुसन्धान गरिरहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS