IME Life New

भारतः बीमाको नाममा एकै व्यक्तिबाट करोडौँ रकम ठगी, साइबर लुटेराहरु प्रहरीको फन्दामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको हिमाचल प्रदेशको कुल्लुमा बस्ने एक व्यक्तिसँग बीमाका नाममा करोडौं रुपैयाँ ठगी भएको छ। यो मामिलामा प्रहरीको साइबर टोलीले दिल्लीसँगैको नोएडाबाट तीनजनालाई पक्राउ गरेको छ। प्रारम्भिक सोधपुछका क्रममा उनीहरुले विभिन्न माध्यमबाट ती व्यक्तिबाट साढे ४ करोड रुपैयाँ ठगी गरेको बयान दिएका छन्।

प्रहरीले तीनै अभियुक्तका साथबाट इलेक्ट्रोनिक ग्याजेटसमेत बरामद गरेको छ । अब उनीहरुले अरु कस्ता व्यक्तिलाई आफ्नो ठगीको सिकार बनाएका छन् भन्नेबारेमा प्रहरीले खोजी गरिरहेको छ।

Esewa
Crest

मोहल गाउँका एक व्यक्तिले भुन्तर प्रहरीचौकीमा बीमा पोलिसीको नाममा आफूसँग साइबर ठगी भएको उजुरी दिएका थिए। त्यसपछि प्रहरीले घटनाको थप अनुसन्धान अगाडि बढाएको थियो।

साइबर ठगीहरुले उजुरीकर्तालाई विभिन्न नम्बरबाट फोन गरी विभिन्न बैंक खातामा रकम जम्मा गर्ने गरी नक्कली कल गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । उजुरीकर्तासँग साइबर ठगहरुले कुल साढे ४ करोड रुपैयाँ ठगी गरेका छन् । भुन्तर प्रहरी र कुल्लु साइबर सेलले यस विषयमा विस्तृत अनुसन्धानका लागि संयुक्त टोली गठन गरेका छन्।

प्राविधिक अनुसन्धानले घटना दिल्ली, हरियाणा, उत्तर प्रदेश र अन्य धेरै राज्यसँग जोडिएको पाइएको छ। त्यसपछि प्रहरी टोली दिल्ली गएर अनुसन्धान अगाडि बढाएको थियो ।

टोलीले नोएडा सेक्टर–१ र वैशालीमा दुई फरक ठाउँमा छापा मारेर दुईवटा नक्कली कल सेन्टरहरु ध्वस्त पारे र उजुरीकर्ताले अन्य प्रकारका ग्याजेटहरुसहित नक्कली कलहरु प्राप्त गरिरहेको नम्बर बरामद गरे। यस मामिलामा तीन आरोपी बिहारका गोविन्दकुमार पाण्डे, नितिश कुमार र पंकज बर्मालाई पक्राउ गरेका छन्। ती अभियुक्तबाट एउटा कम्प्युटर, दुई प्रिन्टर, एउटा पेन ड्राइभ, सात ल्यापटप, २६ मोबाइल फोन, दुई आधार कार्ड, तीन मतदाता कार्ड, तीन प्यानकार्ड, १५ थान एटीएम कार्ड, २० मोबाइल चार्जर, ९ थान चेकबुक बरामद गरिएको प्रहरीले जनाएको छ। नक्कली कल सेन्टरबाट ५ वटा पासबुक, २ वटा स्वापिङ मेसिन, ३ वटा वाईफाई राउटर र १० वटा फर्म बोर्डसमेत बरामद भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS