IME Life New

भारतः अभिकर्ताको झुठो आश्वासनले बीमा कम्पनी चपेटामा, तिर्नुपर्यो लाखौँ जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा एक अभिकर्ताको झुठो आश्वासनले बीमा कम्पनीले लाखौँ रुपैयाँ जरिवाना तिर्नुपरेको घटना सार्वजनिक भएको छ। उच्च रिटर्नको प्रलोभन देखाएर ती अभिकर्ताले बीमा पोलिसीमा लगानी गर्न लगाएका थिए। तर, पछि कम्पनीले लाखौँ रकम जरिवाना तिर्नुपर्ने अवस्था सिर्जना भएको हो।

यो घटनाको सिकार बन्न पुगेकी हुन्, चलचित्र जगतबाट संसदमा पुगेकी अभिनेत्री सुमलता अम्बरिश। एक अभिकर्ताले बीमा पोलिसीमा राम्रो प्रतिफल दिने आश्वासन दिएर उनलाई ठगेका हुन्।

Esewa
Crest

तोकिएको समयमै रिटर्न नपाएपछि सुमलताले कम्पनीलाई प्रश्न गरिन्। शिक्षित भएर पनि सुमलताले बीमा पोलिसीको कागजमा हस्ताक्षर गरेको कम्पनीले आरोप लगायो। त्यसपछि सुमलताले उपभोक्ता मञ्च (कर्नाटक राज्य उपभोक्ता विवाद समाधान आयोग) मा गइन्। त्यहाँबाट उनले राहतमात्र पाइनन्, बीमा कम्पनीबाट १० लाख रुपैयाँ क्षतिपूर्ति पनि पाइन्।

चलचित्र अभिनेत्री सुमलाता २०१९ मा नै सांसद भएकी थिइन्। उनी यसै वर्ष अप्रिलमा भाजपामा प्रवेश गरेकी थिइन्। उनले केही वर्षअघि एचडीएफसी लाइफको बप्मा पोलिसीमा ४० लाख रुपैयाँ लगानी गरेकी थिइन्। लगानी गर्दा एजेन्ट विशालाक्षी भट्टले वार्षिक ९ प्रतिशत प्रतिफल पाउने बताएकी थिइन्। सुमलताले सन् २०१६ नोभेम्बरसम्ममा ४३ लाख ६० हजार रुपैयाँ पाउने विश्वासका साथ गत मे १५ २०१५ मा ४० लाखको चेक जारी गरेकी थिइन्। तर, उनले त्यस्तो प्रतिफल पाइनन्। त्यसपछि सुमलताले कम्पनीको कार्यालयमा सम्पर्क गरिन्। एचडीएफसी लाइफका एक कर्मचारीले विशालाक्षीले ठगीमा संलग्न रहेको र ग्राहकको रकम दुरुपयोग गरेको जानकारी दिएपछि उनी छक्क परिन्।

सुमलताले एचडीएफसी लाइफको कार्यालयमा पुगेपछि विशालाक्षीले आफूलाई धोका दिएको महसुस गरिन्। उनले मुद्दति निक्षेपको सट्टा पेन्सन योजनामा लगानी गरेकी थिइन्। त्यसपछि सुमलताले सन् २०१५ नोभेम्बर र २०१६ जनवरीमा बैंकलाई दुईपटक पत्र लेखेर निश्चित ब्याजसहित फिर्ता गर्न अनुरोध गरिन्। उनले कानुनी सूचना पनि जारी गरे पनि पैसा फिर्ता भएन।

जब सुमालताले आयोगलाई सम्पर्क गरिन् तब एचडीएफसी लाइफले उजुरीकर्ता एक शिक्षित व्यक्ति भएको जबाफ पठायो। पत्रमा भनिएको थियो, ‘प्रस्ताव फारम हेर्दा यो बीमा पोलिसी हो, लगानी होइन भन्ने बुझ्नुपर्छ।’ एचडीएफसी लाइफले यो गुनासो खारेज गर्न योग्य रहेको दाबी गरेको थियो।

आयोगका सदस्य रविशंकर र सुनिता चन्नाबासप्पा बागेवाडीले यही मे ३१ गते उक्त आदेश जारी गरेका थिए। सुमलतालाई राहत दिँदै आयोगले एचडीएफसी लाइफलाई सन् २०१७ देखि वार्षिक ७.५ प्रतिशत ब्याजसहित उनले गरेको ४० लाख रुपैयाँको लगानी फिर्ता गर्न निर्देशन दिएको छ। त्यतिमात्र होइन कम्पनीले मुद्दा खर्चबापत १० लाख र २५ हजार रुपैयाँ क्षतिपूर्ति पनि तिर्नुपर्ने आदेश आयोगले दिएको छ।

एचडीएफसी लाइफ (पहिले एचडीएफसी स्ट्यान्डर्ड लाइफ इन्स्योरेन्स कम्पनी) लाई सेवामा कमीका लागि जिम्मेवार ठहर गर्दै आयोगले भनेको छ, ‘एचडीएफसी लाइफको एजेन्ट विशालाक्षी भट्टले उजुरीकर्तालाई झुक्याइन् र आश्वासन दिएर वार्षिक ९ प्रतिशत ब्याजमा सुमालतालाई ४० लाख रुपैयाँ लगानी गर्न लगाइएकी थिइन्।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS