IME Life New

भायानेटले विस्तार गर्याे तीन नयाँ शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भायानेट कम्युनिकेसन लि ले आफ्नो सेवा विस्तार गर्ने क्रममा विभिन्न स्थानमा नयाँ शाखा विस्तार गरेको छ । भायोनेटले मोरङ जिल्लाको उर्लाबारी, तनहुँ जिल्लाको आँबुखैरेनी र दाङ जिल्लाको लाल मटियामा नयाँ साखा विस्तार गरेको हो ।

आफ्नो ग्राहकहरूका लागि समय समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट अब यी स्थानका सर्वसाधारण पनि लाभान्वित हुनेछन् । पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्राफाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको प्रयोग गर्न पाउनेछन् ।

Esewa
Crest

यसै सन्दर्भमा उर्लाबारी, लाल मटिया र आँबुखैरेनीमा सेवा विस्तार भएको खुशीयाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा बिषेश ओपेनिङ अफर उपलब्ध गराएको छ । यो सुविधा भने कम्पनीले सिमित अवधिको लागि ल्याएको हो ।

भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आइ.एस. ओ. ९००१/२०१५ प्रमाणिक कम्पनी हो।

भायनेटले आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय, गुणस्तरीय सेवा प्रदान गर्न नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री विश्वका प्रसिद्ध ब्राण्डहरूसँग सहकार्य गरेको छ। अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवासँगै गुणस्तरीय टेलीभिजन सेवा प्रदान गरिरहेको भायानेट पछिल्लो समय देशैभरी विस्तार गर्ने क्रममा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS