IME Life New

भायानेटले मनायो २३औं वार्षिकोत्सव, ग्राहकहरूलाई उत्कृष्ट डिजिटल सेवा प्रदान गर्ने प्रतिवद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट र टिभी सेवा प्रदायक मध्य एक भायानेट कम्युनिकेसन्सले आफ्नो सञ्चालनको २३ वर्ष पूरा गरेको छ। भायानेट उत्कृष्ट डिजिटल सेवाहरू मार्फत ग्राहकहरूकोलाई सेवा दिने उद्देश्यका साथ सन् १९९९ मा स्थापित भएको थियो।

यो अवधिमा कम्पनीले भरपर्दो ब्रोडब्यान्ड इन्टरनेट र उत्कृष्ट आईपिटिभी सेवाहरूमा इनोभेटिभ कम्पनीको रुपमा स्थापित भएको छ। सन् २०११ मा भायानेट नेपालमै पहिलो पटक फाइबर अप्टिक्स टेक्नोलोजीको सुरुवात गर्ने कम्पनी बन्यो। यसरी भायानेट कुनै पनि स्यरिङ रेसियो बिना डेडीकेटेड इन्टरनेट मार्फत द्रुत गतिको इन्टरनेट प्रदान गर्ने कम्पनी पनि बन्यो। त्यसैगरी सन् २०१६ मा भायानेट आईपीटीभी सेवाहरू प्रस्तुत गर्ने पहिलो कम्पनी मध्य एक बनी नेपाली ग्राहकहरूको टिभी हेर्ने अनुभवलाई परिष्कृत बनाउन सघायो।

Esewa
Crest

आजको दिनमा कम्पनीले सेवाको निरन्तर अपग्रेड गर्नाका साथै थप ग्राहकहरु माझ आफ्नो गुणस्तरीय सेवा विस्तार गरिरहेको छ। भायानेटले आफ्नो अल्ट्रा(फाई इन्टरनेट लाइनअपहरू मार्फत बजारमा उपलब्ध इन्टरनेटका सबै भन्दा राम्रो विकल्पको रुपमा लाखौं ग्राहकलाई सेवा दिँदै आईरहेको छ।

भायानेटको अर्को उत्कृष्ट उत्पादन भाया टिभीले सस्तो दरमा १७५ं टिभि च्यानलहरू उपलब्ध गराउँदै आएको छ। कम्पनीले भर्खरै ख्ष्बत्ख् लाई भाया टिभी २।य मा अपग्रेड गरी अलग(अलग दर्शक प्रोफाइलहरू, पिक्चर(इन(पिक्चर मोड, पे(पर(भिउ लगायतका आधुनिक फिचरहरू लिएर आएको छ।

आफ्नो २३औं वार्षिकोत्सवको अवसरमा कम्पनीले यस यात्रालाई स्मरणीय र रोचक बनाउन हरदम साथ दिएकोमा आफ्ना सम्पूर्ण ग्राहकवर्ग, कर्मचारी र अन्य सरोकारवालाहरूलाई धन्यवाद दिएको छ।

भविष्यमा भायानेट कम्युनिकेसनले व्यक्तिगत तथा व्यावसायिक उद्देश्यका लागि इन्टरनेट, टिभी र अन्य डिजिटल सेवाहरूको नियमित मागहरू पूरा गर्न आफ्ना उत्पादन र सेवाहरूलाई अझ बढी व्यवस्थित र विस्तारित गराउने उद्देश्य राखेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS