IME Life New

भायानेटको कार्यालय परिसरमा डिआरएसको विजय उत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २०२२ को पीएमजीसी ग्रान्ड फाइनलमा उपविजेता बनेको पबजी मोबाइल टोली डिआरएस गेमिङको विजयलाई भायानेट कम्युनिकेसनको कार्यालय परिसरमा मनाएको छ । भायानेट कम्युनिकेसन डीआरएसको आईएसपी पार्टनर, प्रायोजक र लामो समयदेखि समर्थकको रुपमा रहेको छ। कम्पनीद्वारा आयोजित एक कार्यक्रममा डीआरएसका टोलि सदस्य दीपेश गुरुङ, शाहस भण्डारी, सुविन कुमार प्रजापति र समर गुरुङलाई भायनेटका प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहराले सम्मान गरेका हुन् ।

कार्यक्रममा डिआरएसले पीएमजीसी ग्लोबल च्याम्पियनसिपको आफ्नो फाइनलसम्मको प्रेरणादायी यात्रा र उनीहरुको ग्लोबल पीएमजीसी एरेनामा अगाडि बढ्न नेपालको इन्टरनेट कनेक्टिभिटीको भूमिकाका बोलेका थिए । उनीहरुले नेपालको इन्टर्नेट कनेक्टिभिटीले नेपाली इस्पोर्ट उद्योगलाई विकसित गर्न र व्यावसायिक गेमरहरूलाई विश्वव्यापी प्रतिस्पर्धा गर्न अनुमति दिने अन्तर्राष्ट्रिय स्तरको बनाउनको लागी लामो यात्रा गरेको उल्लेख गरे । डिआरएस गेमिङका अपरेसन प्रमुख संगिन भट्टराईले कम पिङ, स्थिर जडान र शीघ्र सेवाका कारण नै भायानेटको इन्टरनेट उनीहरूको पहिलो रोजाइमा परेको पनि बताए ।

Esewa
Crest

भायानेट सीईओ सेवा पाठक बोहराले कम्पनी गेमरहरूको रोजाइको इन्टरनेट बन्न प्रतिबद्ध रहेको र गेमिङलाई नेपालमा प्रोत्साहन गर्नका लागि गेमिङ लक्षित उत्पादनलाई थप विस्तार गर्दै लैजाने लक्ष्य रहेको बताए । उक्त कार्यक्रममा बोहराले कम्पनीले नेपालको ईस्पोर्ट उद्योगलाई सहयोग र समर्थन गर्न जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

नेपालको सबैभन्दा लोकप्रिय पबजी टोलीहरू मध्ये एक डिआरएस गेमिङले जनवरी आठमा इन्डोनेसियाको जकार्तामा आयोजित सबैभन्दा ठूलो पबजी गेमिङ प्रतियोगितामा विश्वभरका ५१ उत्कृष्ट टोलीहरू मध्ये उपविजेता बनेर इतिहास रचेको थियो। टोलीका सदस्यहरूले उक्त ऐतिहासिक प्रदर्शनको लागि दुई लाख डलर नगद राशि जित्न सफल भएका थिए।

डिआरएसको ऐतिहासिक जितले नेपाल र नेपालीका लागि गेमिङको सम्भावना देखाउँछ। विकासशील देशको सीमितताहरूको बावजुद इन्टरनेट प्रविधिमा भइरहेको तिब्र गतिको सुधारका कारण आफ्नो सपना पछ्याउन इच्छुक गेमरहरूलाई प्रशस्त सम्भावना रहेको छ। नेपालको अग्रणी इन्टरनेट र आईपीटिभी सेवा प्रदायक मध्ये एक भायानेट यो सम्भावनालाई यथार्थमा बदल्न सहयोग गर्न चाहन्छ।

नेपालको अग्रणी इन्टरनेट र आईपीटिभी सेवा प्रदायक मध्ये एक भायानेट सन् १९९९ मा स्थापना भएको थियो। आफ्नो स्थापना देखि नै भरपर्दो र किफायती ब्रोडब्यान्ड इन्टरनेट सेवाहरू प्रदान गर्नमा अग्रणी स्थानमा रहेको कम्पनिले सन् २०११ मा सामान्यतया एफटिटीएएच भनेर चिनिएको फाइबर अप्टिक्स इन्टरनेटलाई पहिलो पटक नेपालमा ल्याएको थियो। यसरी बिना कुनै पनि सेरिङ्ग रेसियो इन्टरनेट सेवा प्रदान गर्ने पहिलो कम्पनी बनी भायानेटले नेपालमा इस्पोर्ट गेमिङ उद्योग स्थापना गर्ने आधार तय गर्नमा अग्रणी भूमिका निभाउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS