IME Life New

भायनेटले ल्यायो ५० हजारको पुरस्कार सहितको अल्ट्राफाई टिकटक च्यालेन्ज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भायानेटले केहि समय अघी काम गर्ने, खेल्ने र पढ्ने बढ्दो आवश्यकताहरू पूरा गर्न आफ्ना ग्राहकहरूलाई उच्च गति, उच्च गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने उद्देश्यले आकर्षका अफर सहित,अल्ट्रा फाई प्याक लन्च गरेको थियो । यसै अफरमा ग्राहकको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै भायनेटले अब भायानेट अल्ट्रा फाई टिकटक च्यालेन्ज नामक टिकटक प्रतियोगिता ल्याएको छ ।

यस प्रतियोगिता कुनै पनि उमेर समूहको लागी खुल्ला छ । प्रतियोगितामा भागलिन रचनात्मक र मनोरञ्जनात्मक भिडियोको साथमा भायनेटको आधिकारिक टिकटक च्यानलमा भएको साउन्ड ट्र्याक प्रयोग गरी भिडियो अपलोड गरेर सहभागी हुन सकिनेछ ।

Esewa
Crest

भायानेट अल्ट्राफाई टिकटक च्यालेन्जमा भाग लिनका लागि प्रतियोगीहरूले दिइएको भायानेट अल्ट्रा फाई साउन्ड ट्र्याक प्रयोग गर्नुपर्छ

च्यालेन्जका नियम र सर्तहरू
यस प्रतियोगिता जनवरी ०१, २०२२ देखि फेब्रुअरी २८, २०२२ सम्म खुला हुनेछ, सबैभन्दा रचनात्मक सामग्री भएको सहभागीले ५० हजार जित्नेछ (सबै पुरस्कारमा नेपाल सारकार द्वारा निर्देशित कर लागु हुनेछ), सहभागीहरूले आफ्नो #ULTRAFI_Vianet ह्यासट्याग प्रयोग गरेको हुनुपर्छ र आफ्नो भिडियो पोस्ट गर्दा @vianetcommunication ट्याग गरेको हुनुपर्छ, सहभागीहरूले आफ्नो भिडियो २७ फेब्रुअरी भित्र अपलोड गर्नुपर्छ मध्यरातसम्म, भायनेट सँग प्रिन्ट विज्ञापनरबाहिर र डिजिटल मिडियामा कुनै पनि प्रचारात्मक प्रयोगको उद्देश्यका लागि सहभागीरविजेताहरूको प्रोफाइल तस्वीर जानकारी प्रयोग गर्ने अधिकार रहने छ ।

त्यसैगरी भायनेटका कर्मचारी र परिवारका सदस्यहरू प्रतियोगितामा जित्नका लागि योग्य हुने छैनन् । यदि विजेता कुनै पनि हिसाबले कर्मचारी वा परिवारको सदस्यको रूपमा सम्बन्धित भएको पाइएमा, प्रविष्टि र प्रतियोगीलाई अयोग्य घोषित गरिनेछ, पुरस्कारहरू हस्तान्तरण गर्न मिल्ने छैन, सहभागीलाई आफ्नो रुचि अनुसार पुरस्कार माग्ने अधिकार हुने छैन । पूर्ण वा आंशिक रूपमा पुरस्कारको लागि कुनै विकल्प प्रस्ताव गरिने छैन, प्रतियोगितामा नेपालमा बसोबास गर्ने नेपाली नागरिकले मात्र भाग लिन पाउनेछन् ,यस प्रतियोगिता सञ्चालन गर्ने सम्पूर्ण अधिकार भायनेट कम्युनिकेसन्समा सुरक्षित छ र कम्पनिको निर्णय अन्तिम र अपरिवर्तनीय रहनेछ ।

कुनै विवाद भएमा, भायनेटले प्रतियोगिताको सम्पुर्ण निर्णयको अधिकारहरू राख्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS