IME Life New

भाग्यमानी भारतीय लगानीकर्ता, ब्रोकर कमिसन बिना नै शेयर कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ : नेपालमा अहिले ब्रोकर कमिसन घटाउने कुरामा निकै ठूलो बहस चल्दै आएको छ ।  लगानीकर्ताहरुले अहिले नेपालमा रहेको अधिकतम शुन्य दशमलव ६० प्रतिशत ब्रोकर कमिसनको सिमाले कारोबारीलाई निकै ठूलो समस्या परेको भन्दै सामाजिक संजाल देखि कुनै प्रकारका कार्यक्रमहरुमा आफ्नो आवाज उठाउँदै आएका छन् तर पनि नियामक निकायले भने ब्रोकर कमिसन घटाउने बिषयलाई अध्ययनकै चरणमा राखेको बुझ्न सकिन्छ । लगानीकर्ताका संघका आधिकारिक प्रतिनिधिहरुले समेत ब्रोकर कमिसन घटाउने कुरालाई उच्च प्राथमिकता साथ अघि बढाएका छन् तर पनि अहिले सम्म सफलता मिलेको छैन।

शेयर कारोबार गर्दा निकै ठूलो रकम ब्रोकर कमिसन भनेर तिर्नु पर्दा लगानीकर्ताहरु निराश भएको अवस्था छ । यता नेपाली लगानीकर्ताहरुले चर्को ब्रोकर कमिसन तिर्दै आएको चर्चा सँगै उता हाम्रो छिमेकी शेयर बजार भारतका लगानीकर्ताहरुले भने शुन्य ब्रोकर कमिसन शेयर कारोवार गर्दै आएका छन् ।

Esewa
Crest

भारतमा ब्रोकर कमिसनमा प्रतिष्पर्धा छ, जसको स्वरुप शुन्य ब्रोकर कमिसनमा केही ब्रोकरले काम गर्दै आएका छन् । भारतको सबै भन्दा ठूलो ब्रोकर जेरोधाले शुन्य ब्रोकरमा सेवा उपलब्ध दिदै आएको छ । जेरोधा मार्फत गरिने डेलीभरी कारोबारमा कुनै पनि कमिसन लगानीकर्ताले तिर्नु पर्दैन । डेलिभरी कारोबार भनेको नेपालको जस्तो कारोवार व्यवस्था शेयर किने पछि डिम्याटमा आउने । जेरोधाले ईण्ट्राडे अर्थात एकै दिन किनेर एकै दिन बेच्ने खालको कारोबारको लागि भने प्रति कारोवार २० रुपैयाँ लिने गरेको छ । नेपालको प्रकृतिको  कारोबारका लागि भने जेरोधाले कुनै पनि प्रकारको ब्रोकर कमिसन लगेको देखिँदैन।

श्रोत : https://zerodha.com/pricing

त्यस्तै भारतको अर्को ब्रोकर फिन्वसियाले भने सबै कारोवारमा शुन्य ब्रोकर कमिसनको अवधारणामा अघि बढेको छ । उसले कुनै पनि प्रकृतिको कारोवारमा ब्रोकर कमिसन लिएको पाईदैन । इन्स्योरेन्स खबरले फिन्वसियाको आधिकारिक प्रतिनिधिसँग कुरा गर्ने क्रममा कुनै पनि कारोवारमा फिन्वसियाले ब्रोकर कमिसन नलिएको पाइएको छ ।

 

श्रोत :https://www.finvasia.com/

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS