IME Life New

भर्चुअल माध्यमबाट कार्यक्रम गर्न राष्ट्र बैंकको निर्देशन, एटिएम बुथमा स्यानिटाइजर अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भर्चुअल माध्यमबाट कार्यक्रमहरु आयोजना गर्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाबाट संचालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दूरी सुनिश्चित गर्ने वा यस्ता कार्यक्रम सकभर भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाद्धारा संचालित एटिएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनिकरण गर्न ढोका खुला राखी स्यानिटाइज लगायतका सामाग्रीको व्यवस्था गर्न समेत निर्देशन दिइएको छ । सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्न समेत पत्राचार गरिएको छ ।

Esewa
Crest

नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न आवस्यक उपायहरु अवलम्बन गर्न निर्देशन दिइएको छ ।

विश्वव्यापी रुपमा पछिल्ला केही दिनमा कोभिड १९ को संक्रमण नयाँ स्वरुपमा फेलिदै गएको छ । सोही रुपमा नेपालमा समेत संक्रमण फैलने संकेत देखिएकोले संक्रमणको जोखिमलाई न्यूनिकरण गर्दै आवस्यक स्वास्थ्य सतर्कतासहित बैंक तथा वित्तिय संस्थाको व्यावसायिक निरन्तरताको समेत सुनिश्चितता गर्नु पर्ने भएकाले राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

सूचना-नं-०५-२०७८-७९-कोभिडसँग-सम्बन्धित-सूचना-1

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS