IME Life New

भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुको व्यापार २६ अर्ब ३ करोड, कुनले कति गरे (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७९/ ८० को भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले २६ अर्ब ३ करोड १७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । अघिल्लो साउन महिनामा जीवन बीमा कम्पनीहरुले १५ अर्ब ५ करोड ६५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । यस हिसावमा बीमा कम्पनीहरुले आक्रामक ढङगबाट बीमा व्यवसाय गर्दै आएका छन् । भदौ महिनामा मात्रै यी कम्पनीहरुले १० अर्ब ९७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको बीमा समितिले उपलब्ध गराएको तथ्याङकमा देखिएको छ ।

यस अवधिसम्ममा सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इनस्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ७ अर्ब ६२ करोड ५७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले ३ अर्ब २३ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Esewa
Crest

तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले ३ अर्ब १९ करोड ७५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यूनियन लाइफले १ अर्ब ४० करोड ६ लाख,एशियन लाइफले १ अर्ब २१ करोड ६५ लाख, सिटिजन लाइफले १ अर्ब ६ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
करोडमा बीमा शुलक आर्जन गर्ने कम्पनीहरु
त्यस्तै, सूर्या लाइफले ९६ करोड ५८ लाख,मेट लाइफले ९२ करोड ५० लाख,राष्ट्रिय बीमा संस्थानले ८३ करोड ८८ लाख,प्राइम लाइफले ७७ करोड ८० लाख, सन नेपाल लाइफले ७० करोड ३९ लाख, ज्योति लाइफले ६९ करोड ३२ लाख, आइएमई लाइफले ६३ करोड १९ लाख, रिलायबल नेपाल लाइफले ५९ करोड ६ लाख, गुराँस लाइफले ५८ करोड ५१ लाख, रिलायन्स लाइफले ५२ करोड ८५ लाख, प्रभु लाइफले ३९ करोड ८० लाख, सानिमा लाइफले ३७ करोड ४१ लाख र महालक्ष्मी लाइफले २७ करोड ५२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%
happy

खुसी

14%
sad

दु :खी

43%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS