IME Life New

भदौं मसान्त सम्ममा २१ अर्ब जीवन बीमा शुल्क संकलन, नेपाल लाइफले संकलन गर्यो छ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्ष २०७७/७८ को भदौ मसान्तसम्ममा झण्डै २१ अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले २० अर्ब ९७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०७७।७८ को भदौ मसान्तसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले भदौ मसान्तसम्ममा ६ अर्ब २८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

दोस्रोमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले यस अवधिसम्ममा ३ अर्ब ८७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेको छ । कम्पनीले भदौ मसान्तसम्ममा २ अर्ब ५३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै,नेशनल लाइफले १ अर्ब ७३ रुपैयाँ, युनियन लाइफले ९४ करोड रुपैयाँ, एशियन लाइफले ९० करोड रुपैयाँ, मेट लाइफले ७२ करोड रुपैयाँ, प्राइम लाइफले ६३ करोड रुपैयाँ, सूर्या लाइफले ५४ करोड रुपैयाँ, सिटिजन लाइफले ३८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

ज्योति लाइफले ३६ करोड रुपैयाँ, आइएमई लाइफले ३४ करोड रुपैयाँ, गुराँस लाइफले ५१ करोड रुपैयाँ, रिलाबल लाइफले ३२ करोड रुपैयाँ, सन नेपाल लाइफले २३ करोड रुपैयाँ, रिलायन्स लाइफले २३ करोड रुपैयाँ, प्रभु लाइफले १७ करोड रुपैयाँ, सानिमा लाइफले १७ करोड रुपैयाँ र महालक्ष्मी लाइफले १२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS