IME Life New

भगवती हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा विक्री गरेको आइपीओ बाँडफाँड गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा असार २४ गतेदेखि साउन १४ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीमा असार २४ गतेदेखि साउन ७ गतेसम्म आइपीओ विक्री गरेको थियो ।

कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १६ रूपैयाँ थप गरी प्रतिकित्ता ११६ रूपैयाँमा आईपीओ विक्री गरेको हो । आयोजना प्रभावित स्थानीयमा जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रूपैयाँको १० प्रतिशत अर्थात ५ करोड ७२ लाख ६ हजार ५०० रूपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता आइपीओ विक्री गरिएको हो ।

Esewa
Crest

त्यस्तै कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि विक्री गरिने शेयरको १० प्रतिशतले हुन आउने ८५ लाख ८१ हजार १०० रूपैयाँ बराबरको ८५ हजार ८१० कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको हो ।

आयोजना प्रभावित स्थानीयमा जारी गरिएको आइपीओ खरीदका लागि आवेदन दिएका सम्पूर्ण आवेदकहरूलाई सम्पूर्ण कित्ता आईपीओ बाँडफाँड गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री गरिएको आइपीओ भने ८ हजार ५८१ जना आवेदकहरूले १० कित्ताका दरले बाँडफाँड गरिएको हो ।

आयोजना प्रभावित स्थानीयको लागि निष्कासन गरिएको आइपीओको हकमा बाँडफाँडमा नपरेको आंशिक तथा नपरेको शेयर वापतको रकम साउन २८ गते आइतवारदेखि बैंक खातामै रकमान्तर गरिने जानकारी कम्पनीले दिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले सि–आस्बा सदस्यमार्फत आवेदन दिएकाले बाँडफाँटमा नपरेको शेयर वापतको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्था मार्फत रोक्का रकम फुकुवा हुने जानकारी समेत कम्पनीले दिएको छ । विक्री प्रबन्धकको जिम्मेवारी भने सिद्धार्थ क्यापिटल लिमिटेडले छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS