IME Life New

भगवति हाइड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । शेयर रजिष्ट्रार नियुक्त भएसँगै अब यस क्यापिटलले शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण काम गर्नेछ ।

सर्वसाधारणमा भदौ १८ गते आईपीओ बाँडफाँड गरेको कम्पनीले शेयर रजिष्ट्रार अन्तर्गतको सम्पुर्ण कार्य गर्नका लागि सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको हो ।धितोपत्र दोस्रो बजारमा भने कम्पनीको आइईपीओ सूचिकृत भएको छैन् । कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको २५ प्रतिशत दरको १४ लाख ३० हजार १६२ कित्ता आइपीओ सर्वसाधारणमा प्रिमियम सहितको मूल्यमा विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ६ गते अनुमति पाएको थियो । प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १६ रूपैयाँ थप गरी प्रतिकित्ता ११६ रूपैयाँमा कम्पनीले आइपीओ विक्री गरेको हो ।

Esewa
Crest

कम्पनीले पोखरा महानगरपालिकाको विजयपुरा खोलाको पानी उपयोग गरी ४ दशमलव ५ मेगावाट क्षमताको विजयपुर–१ साना जलविद्युत आयोजना निर्माण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS