IME Life New

ब्रोकर लाइसेन्स खुला नगरिए आन्दोलनमा उत्रिने लगानीकर्ताको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मन्त्रिपरिषदमा गएर अड्किएको नयाँ ब्रोकर लाइसेन्स सम्बन्धी ‘धितोपत्र व्यवसायी नियमावली २०६४’ तत्काल पास नभए लगानीकर्ताले आन्दोलन गर्ने भएका छन् । यो वा त्यो बहानामा कहिँ कतैबाट रोक्न नहुने र रोकिएमा ५२ लाख लगानीकर्ताहरु आन्दोलित हुन वाध्य हुने उनिहरुले चेतावनी दिएका छन् ।

नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल र नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलले संयुक्त रुपमा प्रेश विज्ञप्ति जारी गर्दै धितोपत्र व्यवसायी नियमावली २०६४ तत्काल पारित गर्न उनिहरुले अनुरोध गरेका छन् ।

Esewa
Crest

मुलुकले दशकौको राजनीतिक अन्योलतालाई पार गर्दै अवका दिनमा मुलुक आर्थिक विकास र समृद्धिको नयाँ गोरेटोमा प्रवेश गर्नेछ भन्ने गठबन्धन सरकारको उद्घोषले निकै उत्साहित लगानीकर्ताहरुमा अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको शेयर बजारमा उत्साहमा कमि आउनुले जिम्मेवार निकायहरुको भनाई र गराईमा स्पष्ट फरक देखिन्छ ।

विगत केहि समयदेखि विभिन्न चरणमा काम हुँदै अगाडी बढिरहेको पूँजीबजार विकास र विस्तारमा कोशेढुङ्गा सावित हुने तीन तहको नयाँ ब्रोकर थप गर्ने सम्बन्धमा धितोपत्र बोर्डको सञ्चालक समितिबाट पास भई मन्त्रिपरिषद्मा पुगिसकेको अवस्थामा मन्त्रिपरिषद्मा रहेका जिम्मेवार पदाधिकारीबाट सिन्डिकेट प्रथालाई नै निरनन्तरता दिने खालका गतिविधि हुन आएको भन्ने बुझिएको भन्दै लगानीकर्ताले उक्त प्रकृयाँ अगाडी बढ्न नदिन विभिन्न खालका ढिलासुस्ति गरी रोकिएको अवस्थामा ५२ लाख आम लगानीकर्ताको ध्यानाकर्षण भएको उनिहरुले जनाएका छन् ।

विभिन्न मुलुकहरु भारत सिंगापुर बंगलादेश श्रीलंका अमेरिका लगायत विश्वभर प्रचलनमा रहेका फ्रि इन्ट्रि फ्रि एक्जिट को व्यवस्था रहि आएको सन्दर्भमा नेपालमा सिमित ब्रोकर राखी कारोबार भइरहेकोले उक्त धितोपत्र बोर्डबाट पारित ब्रोकर थप सम्बन्धी कार्य कुनै बहानाबाजी नगरी यथाशिघ्र पारित गर्न लगानीकर्ताहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS