IME Life New

ब्याजदर घटेर ऋण तिर्न सहज हुँदै, कर्जा प्रवाह भने बढेन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थतन्त्रमा आएको शिथिलताका कारण कर्जा लगानी हुन नसक्दा त्यसको असर पछिल्लो समय ब्याजदरमा परेको छ।

बैंकिङ प्रणालीमा लगानी योग्य रकमको थुप्रो लाग्दा ब्याजदर घटेर एकल अंकमा आइसकेको छ। जसकारण पछिल्लो एक वर्षको अवधिमा कर्जाको ब्याज साढे २६ प्रतिशतले घटेको छ। कर्जाको ब्याजदर घट्दा ऋणलाई ऋण तिर्न सहज भइरहेको पनि अपेक्षाकृत रुपमा कर्जा लगानी गर्न भने सकिएको छैन। यस अवधिमा बैंकहरुको आधारदर औसत २६.४० प्रतिशत अर्थात् २.६४ प्रतिशत विन्दु घटेसँगै कर्जाको ब्याजदर पनि सोहीअनुसार घटेको हो।

Esewa
Crest

चालु आर्थिक वर्षको असोजमा बैंकहरुको आधारदर औसत ७.३६ प्रतिशत विन्दुमा झरेको छ। गत आवको सोही अवधिमा बैंकहरुको आधारदर औसत १० प्रतिशत विन्दुमा थियो। निक्षेपतर्फको ब्याजदर निरन्तर घटेपछि बैंकहरुको आधारदर घट्न पुगेको हो।

यस अवधिमा सबैभन्दा कम आधारदर स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको छ। असोजसम्म स्ट्यान्डर्ड चार्टर्डको आधारदर ३२.१८ प्रतिशत घटेर ५.७१ प्रतिशत विन्दुमा कायम राखेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको आधारदर ८.४२ प्रतिशत विन्दुमा थियो।

यस्तै कृषि विकास बैंकको आधारदर ३१.८८ प्रतिशत घटेर ७.०७ प्रतिशत विन्दुमा झरेको छ। गत आवको सोही अवधिमा कृषि विकासको १०.३८ प्रतिशत विन्दु थियो। यस अवधिमा कुमारी बैंकको आधारदर ३१.४३ प्रतिशत घटेर ७.४८ प्रतिशत विन्दुमा कायम राखेको छ। गत र कुमारीको १०.९१ प्रतिशत विन्दुमा आधारदर थियो।

गत वर्ष ९.७ प्रतिशत विन्दु आधारदर रहेको एभरेष्ट बैंकको २९.८९ प्रतिशत घटेर ६.८ प्रतिशत विन्दुमा झरेको छ। यस्तै, राष्ट्रिय वाणिज्य बैंकको २९.३१ प्रतिशत घटेर ६.१५ प्रतिशत विन्दुमा आधार कायम राखेको छ।

लक्ष्मी सनराइज बैंकको २७.८७ प्रतिशत घटेर ७.७९ प्रतिशत विन्दु, ग्लोबल आइएमई बैंकको २७.६० प्रतिशत घटेर ७.२९ प्रतिशत विन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २७.१२ प्रतिशत घटेर ७.२८ प्रतिशत विन्दु, नेपाल बैंकको २६.८७ प्रतिशत घटेर ६.७२ प्रतिशत विन्दुमा झरेको छ।

यस्तै नबिल बैंकको २६.७२ प्रतिशत घटेर ७.०२ प्रतिशत विन्दु, सानिमा बैंकको २५.७४ प्रतिशत घटेर ७.२४ प्रतिशत विन्दु, प्राइम बैंकको २५.५६ प्रतिशत घटेर ७.९२ प्रतिशत विन्दु, सिटिजन्स बैंकको २५.२८ प्रतिशत घटेर ७.९२ प्रतिशत विन्दुमा आधारदर कायम राखेका छन्।

प्रभु बैंकको २४.७७ प्रतिशत घटेर ७.६५ प्रतिशत विन्दु, नेपाल एसबीआई बैंकको २४.६८ प्रतिशत घटेर ७.७२ प्रतिशत विन्दु, माछापुच्छ्रे बैंकको २३.९७ प्रतिशत घटेर ७.६१ प्रतिशत विन्दु, एनएमबी बैंकको २३.९५ प्रतिशत घटेर ७.४९ प्रतिशत विन्दुमा आधारदर छ।

यस्तै हिमालयन बैंकको २३.११ प्रतिशत घटेर ८.३५ प्रतिशत विन्दु, एनआईसी एशिया बैंकको २०.७३ प्रतिशत घटेर ८.३७ प्रतिशत विन्दु र सिद्धार्थ बैंकको २०.४६ प्रतिशत घटेर ७.५८ प्रतिशत विन्दुमा आधारदर रहेको छ।

बैंकको आधारदर घट्दा कर्जाको ब्याजदर पनि स्वतः घट्दछ। त्यसैले १ वर्षको अवधिमा बैंकहरुको कर्जाको ब्याजदर पनि औसत साढे २६ प्रतिशत घटेको देखिन्छ। बैंकहरुको आधारदर घट्दा ऋणीका लागि सहज हुन्छ। आधारदर जति नै कम भयो, बैंकको ब्याजदर पनि त्यति नै कम हुने गर्दछ। ब्याजदर जति नै घटे पनि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा भने अपेक्षाकृत रुपमा बढ्न सकेको छैन।

चाडपर्वको समयमा कर्जा प्रवाह बढ्ने अपेक्षा गरिए पनि सोचेजस्तो नभएको बैंकर्सहरुले बताएका छन्। विगतमा निजी क्षेत्रले बैंकको ब्याजदर एकल अंकमा झार्नुपर्ने बताउँदै आएका थिए। उच्च रहेको ब्याजदर क्रमशः घट्दै गएपनि अर्थतन्त्रको अवस्थामा सुधार भने आउन सकेको थिएन।

केन्द्रीय बैंकले पनि लचिलो नीति ल्याएर कर्जा प्रवाहको लागि सहजीकरण गर्दै आएको छ। तर अपेक्षाकृत रुपमा कर्जा प्रवाह बढ्न सकेको भने छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS