IME Life New

बोनश शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न ग्लोबल आइएमई लघुवित्तको अनुरोध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनश शेयरको कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले गत मंसिर २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट २८ प्रतिशत बोनश शेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।

साविक स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी २०७८ साल वैशाख ८ गते एकीकृत कारोबार शुरु गरेको कम्पनीले प्राप्ति पश्चात कायम शेयरधनीहरुलाई मात्र कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।

Esewa
Crest

एकीकृत कारोबारका दिनसम्म कायम शेयरधनीहरुले भने बोनस शेयरमा लाग्ने कर छूट पाउनेछन् । कम्पनीले उक्त बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्ने जानकारी समेत गराएको छ । हालसम्म कम्पनीले उक्त बोनस शेयर दोस्रो बजारमा सूचीकृत गराएको छैन ।

गत वैशाख ८ गतेपछि कम्पनीको शेयर खरीद गरेका सदस्यहरुले ग्लोबल आइएमई बैंक लिमिटेडको पोखरा, न्यूरोड शाखामा ग्लोबल आइएमई लघवित्त वित्तीय संस्था लिमिटेडको नाममा रहेको खाता नम्बर क्ष्द्दण्ज्ञण्ज्ञण्ण्ण्ण्घठण् मा कर बापतको रकम जम्मा गर्न कम्पनीले आग्ह गरेको छ ।

कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS