IME Life New

बोइङले अपराध स्वीकार्यो, तिर्ने भयो सवा २४ करोड डलर जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बोइङले ३४६ यात्रु र चालक दलका सदस्य गुमाएका दुईवटा आफ्ना ७३७ म्याक्स विमान दुर्घटनापछि भएका सम्झौता उल्लंघन गरेकोमा अपराध स्वीकार गरेको छ। यो बोइङले यस अपराधमा जरिवानाबापत २४ करोड ३६ लाख डलर तिर्न पनि सहमत भएको छ।

ती विमान दुर्घटनामा ज्यान गुमाएका परिवारले भने बोइङ र अमेरिकाको न्याय विभागबीच भएको यो सहमतिको आलोचना गरेका छन्। उनीहरुले दुर्घटनामा कम्पनीले लिनुपर्ने जिम्मेवारीबाट पन्छिन बोइङलाई सहयोग पुग्ने बताएका छन्।

Esewa
Crest

सन् २०२८ र २०१९ मा बोइङका विमानहरु दुर्घनामा परेका थिए। त्यसपछि बोइङका विमानहरु करिब १ वर्षका लागि ग्राउन्डेड भएका थिए।

ती दुर्घटनाका पीडितलाई बोइङले क्षतिपूर्ति दिने सहमति भएको थियो। तर, सहमतिको ३ वर्ष बितिसक्दा पनि पीडित क्षतिपूर्ति पाउन सकेका छैनन्। त्यही कारणले पीडितको दबाबमा बोइङमाथि षड्यन्त्र गरेको आरोपमा आपराधिक मुद्दा चलाउन तयारी भएको थियो। अब जरिवाना तिर्ने सहमतिपछि बोइङले अदालतमा मुद्दा खेप्नु नपर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS