IME Life New

बोइङको संकट झन् बढ्यो, तलबको विषयलाई लिएर कर्मचारी हाड्तालमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। अमेरिकाको प्रमुख उड्डयन कम्पनी बोइङ कर्मचारी युनियनले शुक्रबार मध्यरातदेखि हाड्तालको घोषणा गरेको छ। व्यवस्थापनले कर्मचारी युनियनलाई २५ प्रतिशत तलब वृद्धिको प्रस्ताव गरेको थियो। जसलाई कर्मचारीले अस्वीकार गरेका छन्।

७३७ म्याक्स र ७७७ जस्ता विमान निर्माण गर्ने यस कम्पनीमा ३० हजार कामदार कार्यरत छन्। कम्पनी पहिले नै आर्थिक कठिनाइको सामना गर्दैछ र सुरक्षाका बारेमा आलोचना भइरहेको छ। कम्पनीको छवि सुधार गर्न बोइङले केली ओर्टबर्गलाई नयाँ प्रमुख कार्यकारीका रुपमा नियुक्त गर्यो। हड्ताल उनीलाई पनि झट्का लागेको छ।

Esewa
Crest

युनियन र व्यवस्थापनबीच सहमति भएको तलब वृद्धिको विषयमा युनियनमा मतदान भएको थियो। यसमा ९६ प्रतिशत कर्मचारीले हडतालको पक्षमा मत दिएका छन्। इन्टरनेसनल एसोसिएसन अफ मेसिनिस्ट एन्ड एरोस्पेस वर्कर्स (आईएएम) का अध्यक्ष जोन होल्डनले भने, ‘हाम्रा सदस्यले आज राति स्पष्ट रुपमा आफ्नो विचार व्यक्त गरेका छन्। हामी शुक्रबार मध्यरातबाट हडतालमा जाँदैछौँ।’

बोइङले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘जुन असहमतिमा सहमति भएको थियो त्यो युनियन सदस्यहरुले अस्वीकार गरेको छ। हामी नयाँ सम्झौताका लागि तयार छौँ।’

यो साता युनियनका प्रतिनिधिले कर्मचारीलाई प्रस्ताव स्विकार्न अपिल गरेका थिए। व्यवस्थापन र युनियनबीच ४ वर्षमा २५ प्रतिशत तलब वृद्धि गर्ने सहमति भएको थियो।

युनियनले कर्मचारीको प्याकेजमा सुधारको माग राख्दै ४० प्रतिशत तलब वृद्धिको माग समेत राखेको थियो। सन् २००८ मा कम्पनीमा आठ हप्ताको हडताल भएको थियो, त्यसपछि युनियन र बोइङबीच सम्झौता भएको थियो।

क्रेडिट रेटिङ एजेन्सी मुडीजका अनुसार उक्त हड्तालमा कम्पनीले एक महिनामा १.५ अर्ब डलर घाटा बेहोर्नुपरेको थियो। सन् २०१४ मा यो सम्झौतालाई अगाडि बढाउन सहमत भएको थियो। जसको लागि अन्तिम म्याद बिहीबार समाप्त भएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS