IME Life New

बैशाखमा बीमालेख समर्पण घट्दा जीवन बीमकलाई राहत, असारमा पुनः बढ्न सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमालेख समर्पण दर चैत्र महिनाको तुलनामा बैशाखमा गिरावट आउँदा जीवन बीमकलाई केही राहत मिलेको छ । गत चैत्र महिनाको तुलनामा बैशाखमा बीमालेख समर्पण संख्यामा २३.८१ प्रतिशतले गिरावट आएको हो । गत चैत्रमा कूल ७ हजार ७ सय १२ वटा बीमालेख समर्पण भएकोमा वैशाखमा ५ हजार ८ सय ७६ वटा बीमालेख समर्पण भएको छ । रकमको हिसाबले बीमालेख समर्पणमा ४५.१६ प्रतिशतले गिरावट आएको छ । बीमा समितिका अनुसार गत चैत्रमा बीमालेख समर्पणवापत १९ जीवन बीमा कम्पनीले बीमितलाई १ अर्ब ६६ लाख ५८ हजार रुपैयाँ भुक्तानी गर्नु परेको थियो । बीमालेख समर्पण संख्यामा  आउँदा बैशाखमा ५८ करोड ७६ लाख रुपैयाँ समर्पणवापत जीवन बीमकले भुक्तानी गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ऋण वा साँवा समेत त्रैमासमा जसरी पनि भुक्तानी गर्नुपर्ने बाध्यतामा रहेका बीमितले बीमालेख समर्पणबाट प्राप्त हुने रकमबाट रकमको जोहो गरेको हुन सक्छन् । यसबाहेक प्रत्येक त्रैमासको अन्त्यमा व्यवसायीक लक्ष्य हासिल गर्नको लागी बीमकले आफ्ना कर्मचारी र अभिकर्तालाई जसरी पनि व्यवसायीक लक्ष्य पुरा गर्न दबाब दिइरहेका हुन्छन् । त्यसको असर पनि गत चैत्रमा बीमालेख समर्पणमा परेको हुनसक्छ ।

Esewa
Crest

व्यवसाय बिस्तार गर्ने दौडामा अधिकांश जीवन बीमा कम्पनीका अभिकर्ता र कर्मचारीले बीमालेख समर्पण हुन नदिनको लागी बीमितको आवश्यक्ता र आय श्रोत अनुसार र झूठा विवरणरहित जानकारी दिने इमान्दार प्रयास एकदमै कम गरेका हुन्छन् । यही गलत प्रवृत्तिका कारण बीमालेख समर्पण दर उच्च हुने गरेको छ ।

पछिल्लो चार महिनायता बीमाको किस्ता तिर्न सक्दिन भन्दै समर्पण गर्नेहरुको संख्या बढ्दो छ, पुरानो जीवन बीमकको बीमालेख सेवा विभागमा कार्यरत एक कर्मचारीले भनिन्, केही अवस्थामा चाहिँ अभिकर्ताले अनेक सुविधा पाइन्छ भन्ने गलत जानकारीका कारण चिढिएर पनि समर्पण गर्न आइरहेका हुन्छन् ।

बीमालेख समर्पण गर्दा घाटा हुन्छ भन्दै बीमकका कर्मचारीले बीमालेख धितोमा कर्जा लिन प्रोत्साहन गर्ने प्रयास गरिरहेका हुन्छन् । तर बीमालेख समर्पण गर्ने मनशाय बनाई सकेका बीमितलाई परामर्श दिएर बीमालेख जारी राख्नलाई सहमत गराउने काम सहज छैन ।
यसवर्ष बैंक तथा वित्तीय संस्थामा अभावका कारण जीवन बीमा कम्पनीहरुलाई

किन हुन्छ बीमालेख समर्पण?
लामो समयावधिको लागी जीवन बीमा गर्दा कुनै समयमा बीमितको आय श्रोत बन्द हुन पुग्दा बीमाको किस्ता तिर्न नसक्ने अवस्था सिर्जना हुन्छ । यसले पनि बीमालेख समर्पण गर्न बाध्य बनाउँछ ।

बीमालेख लामो समयावधिको लागी गरिने भएपनि सीमित आम्दानी हुने बीमितले चार पाँच वर्ष अघिदेखि गरेको बचत रकम एकमुष्ठ नै पहिलो किस्तावापत भुक्तानी गरिदिन्छन् । तर दोश्रो पटक किस्ता तिर्ने समयमा बीमितसँग पर्याप्त रकमको अभाव हुनजान्छ । यस्तो अवस्थामा अभिकर्ताले बीमितले सहजरुपमा एक वर्षमा कति रकम किस्तावापत जोहो सक्छ भन्ने आंकलन गरेर मात्र बीमांक तय गरिदिनुपर्छ ।

कतिपय अवस्थामा अभिकर्ताले बीमा अवधि समाप्तीमा डब्बल भन्दा धेरै रकम पाइन्छ भन्ने झूठो विवरण दिएर बीमितलाई भ्रममा पारेका हुन्छन् । समयक्रमसँगै बीमालेख, बीमालेख बोनश दरबारे सचेत हुँदै जाँदा बीमितले आफूलाई ठगिएको महशुस गर्छन् र आक्रोश स्वरुप घाटा हुन भएपनि बीमालेख बन्द गर्ने मनशाय बनाएका हुन्छन् ।

विश्वासिलो अभिकर्ताले आफूले जीवन बीमा कम्पनी परिवर्तन् गरेसँगै आफूले विश्वास आर्जन गरेको बीमितलाई पुरानो कम्पनी खत्तम छ, नयाँमा बीमा गर्नुपर्छ भन्दै बीमालेख समर्पण गराउने प्रवृत्ति पनि उत्तिकै छ । बीमा समितिका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा कम्पनीले ६५ हजार ३ सय १३ वटा बीमालेख समर्पण हुँदा बीमितलाई ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँ भुक्तानी दिनु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS