IME Life New

बैदेशिक रोजगार बाहेक प्रथम बीमा शुल्क २ अर्ब ३७ करोड, प्रभु लाइफ सर्वाधिक आक्रामक (बजार हिस्सा कसको कति)  

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार जीवन बीमाशुल्क बाहेक २ अर्ब ३७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । वैदेशिक रोजगार बीमा शुल्क सहित भने २ अर्ब ५९ करोड रुपैयाँ आर्जन गरेका छन् ।

बैदेशिक रोजगार बीमाशुल्कले कतिपय बीमा कम्पनीको बजार हिस्सा धेरै देखिए पनि वास्तविक रुपमा उनिहरुको हिस्सा कम देखिएको छ । सन नेपालको वैदेशिक म्यादी रोजगार बीमालेख सहित बजार हिस्सा ७.२१ प्रतिशत रहेको छ । तर वैदेशिक रोजगार बीमा लेख बाहेकको बीमाशुल्क मार्फत बजार हिस्सा हेर्ने हो भने कम्पनीको बजार हिस्सा जम्मा १.७९ प्रतिशत मात्रै छ ।

Esewa
Crest

जेठ महिनामा वास्तविक जीवन बीमा व्यवसाय तर्फ सबैभन्दा धेरै आक्रामक प्रभु लाइफ देखिएको छ । यस तर्फ कम्पनीको बजार हिस्सा ४.७१ प्रतिशत रहेको छ । प्रभु लाइफमा विज्ञको रुपमा भित्रिएका सन्तोष प्रसाईले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाउदासम्ममा राम्रो सुधार गर्न सफल भएका छन् । उनले छोटो अवधिमै वैदेशिक रोजगार बीमा शुल्क बाहेकको प्रथम बीमा शुल्क तर्फ सातौ स्थानमा ल्याउन सफल भएका छन् ।

यस तर्फको व्यवसायमा सर्वाधिक धेरै बजार हिस्सा नेपाल लाइफको २०.९५ प्रतिशत छ । त्यस्तै दोस्रो नम्बरमा रहेको नेशनल लाइफको ९.८९ प्रतिशत छ । तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसनको ८.३६ प्रतिशत छ ।

चौथो नम्बरमा रहेको सिटिजनले पनि बजार हिस्सा ६.८० प्रतिशत पुर्याउन सफल भएको छ । यस साथै पाँचौ नम्बरमा रहेको रिलायबल लाइफको ५.८० प्रतिशत छ भने छैठौ स्थानमा रहेको एशियन लाइफको ५.६४ प्रतिशत रहेको छ । यस महिनामा सर्वाधिक कमजोर गुराँस लाइफ छ । कम्पनीको बजार हिस्सा १.३० प्रतिशत सहित सर्वाधिक पुच्छारमा छ । अन्तिमबाट दोस्रो स्थानमा भने सन नेपाल लाइफ छ ।

वैदेशिक रोजगार जीवन बीमा व्यवसाय पुल मार्फत व्यवस्थापन हुँदै आएको छ । यसले गर्दा यस्तो व्यवसाय मार्फत आर्जन हुने बीमा शुल्क कम्पनीहरु विचमा बाँडफाँड हुने भएकाले सन नेपाल समित अन्य तीन पुल व्यवस्थापकले केहि मात्रामा बढि पाउछन् । वैदेशिक रोजगार बीमालेखमा केन्द्रित सन नेपालले केहि समय अगाडी यो व्यसाय पुल मार्फत गर्न नहुने भन्दै अड्को थापिरहेको थियो । यदि यो व्यवसाय नहुने हो भने सन नेपालको बजार हिस्सा धेरै नै कमजोर हुने देखिन्छ ।

जेठ महिनामा वैदेशिक रोजगार बीमालेख बाहेकको सर्वाधिक बीमा शुल्क आर्जन गर्नेमा क्रमश जीवन बीमा कम्पनीहरु नेपाल लाइफले ४९ करोड ७६ लाख , नेशनल लाइफले २३ करोड ५० लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसनले १९ करोड ४६ लाख, सिटिजन लाइफले १६ करोड १६ लाख, रिलायबल नेपाल लाइफले १३ करोड ७८ लाख, एशियन लाइफले १३ करोड ४० लाख,प्रभु लाइफले ११ करोड १८ लाख, सूर्या लाइफले १० करोड ९३ लाख, यूनियन लाइफले १० करोड ७४ लाख, मेट लाइफले १० करोड ७१ लाख, ज्योति लाइफले १० करोड २६ लाख, आइएमई लाइफले ९ करोड ६१ लाख, रिलायन्स लाइफले ७ करोड ९४ लाख, प्राइम लाइफले ७ करोड ११ लाख, सानिमा लाइफले ६ करोड २७ लाख, महालक्ष्मी लाइफले ४ करोड ६२ लाख, राष्ट्रिय बीमा संस्थानले ४ करोड ३५ लाख, सन नेपाल लाइफले ४ करोड २५ लाख र गुराँस लाइफले ३ करोड ८ लाख रुपैयाँ आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS