IME Life New

बैदेशिक रोजगार जीवन बीमा पुल व्यवस्थापक सन नेपाल लाइफ बन्यो झगडिया, पुल नमान्ने !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बैदेशिक रोजगार जीवन बीमालेखबाट आर्जन भएको प्रिमियम पुलमा नहाले पछि बीमा कम्पनीहरु विचमा विवाद सुरु भएको छ । पुल व्यवस्थापनबाट तोकिएको हिस्सा अपारदर्शी भएको भन्दै कम्पनीले संकलन गरेको बीमा शुल्क बापतको रकम पुलमा हालेको छैन ।

कम्पनीले गत असोज २० गते नेपाल पूनर्बीमा कम्पनीलाई पत्र काटेरै पुल मार्फत तोकिएको भागवण्डालाई अस्वीकार गरेको थियो । कम्पनीले पत्रमा लेखेको छ ‘२०७७ माघ एक गतेदेखि जारी गरिएको व्यवसायमा भागवण्डाको हिस्सा यस कम्पनीलाई स्वीकार नभएको सम्बन्धमा बीमा समितिमा छलफल चलिरहेको हुँदा यस सम्बन्धी कारबाही तत्काल अगाडी नबढाईदिनुहुन विनम्र अनुरोध गर्दछु ।’

Esewa
Crest

यसरी बीमा समिति र बीमा कम्पनीहरु विचको सहमतिलाई अवज्ञा गर्दै लामो समयदेखि कम्पनीले वैदेशिक रोजगार म्यादी जीवन बीमाको रकम पुलको बैंक खातामा हालेको छैन । कम्पनीले करिव ३५ करोड रुपैयाँ भन्दा धेरै रकम खातामा हालेको छैन ।

सन नेपालका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले पुल व्यवस्थापनको गैरकानुनी भएको भन्दै बीमा समितिलाई यस्तो व्यवस्था तत्काल हटाउन दवाव दिदै आएका छन् । हिजोका दिनमा सम्पुर्ण कम्पनीहरुको सहमतिमा अगाडी बढेको कामलाई अहिले आएर विवाद झिक्नु स्वभाविक नभएको बीमा समितिको ठहर छ ।

सन नेपालका सञ्चाकक तथा उच्च व्यवस्थापन तहका कर्मचारीको सम्बन्ध वैदेशिक रोजागर सँग सम्बन्धित व्यवसायी तथा कर्मचारी सँग रहेकोले पनि उनिहरुले यस विषयमा विवाद झिकेको बीमा समितिकै एक कर्मचारीले इन्स्योरेन्स खवरलाई जानकारी दिए ।

वैदेशिक रोजगार बीमालेखको पुनर्बीमा हुँदैन । त्यसैले गर्दा यो सबैभन्दा जोखिमपुर्ण व्यवसायको रुपमा लिइदै आएको छ । यहि व्यवसायले कम्पनी मुनाफा देखियो भनेर घमण्ड गर्नु वेकार रहेको ति अधिकारीले बताए । कदम कदाचित वैदेशिक रोजगारीमा गएका नेपाली चढेको बीमान दुर्घटना भयो र सयौ व्यक्तिको मृत्यु भयो भने भोलिका दिनमा बीमा कम्पनीहरु सबैभन्दा धेरै मारमा पर्ने छन् । यदि यस्तो दुर्घटनाबाट एउटै कम्पनीले दाबी तिर्नु पर्ने अवस्था आयो भने त्यो कम्पनी बन्द हुने अवस्थामा पुग्ने विज्ञहरु बताउछन् ।

एक त बीमा शुल्क पनि एकदमै कम छ । अर्को पुनर्बीमा हुँदैन । त्यसैले गर्दा पुल मार्फत सबैले बीमा शुल्क तथा दायित्व बाँडफाँड गर्ने उद्देश्यले पुलको परिकल्पना गरिएको थियो । आगामी २०७९ साउन एक गतेदेखि सम्पुर्ण बीमा कम्पनीहरुले सम्पत्ती तथा दायित्वलाई समान रुपमा बहन गर्नु पर्ने गरि सहित पनि भइसकेको छ । तर उक्त सहमतिमा सन नेपाल लाइफले भने हस्ताक्षर गरेको छैन । यसबाट पनि सन नेपाल लाइफ थप झगडिया बनेर निष्केको पुष्ठी हुन्छ । यस पुलमा मेट लाइफ र एलआईसी नेपाल जोडिएका छैनन् ।

पुलको विषयलाई लिएर विवाद देखिएकोले यस विषयमा समितिले निर्देशिका बनाउने गृहकार्य गरिरहेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जनाएका छन् । सन नेपालले विवाद गरे पछि समितिले कानुनी रुपमै यसलाई स्थापित गरिदिन चाहेको छ । कानुनी पृष्ठ भुमिका अर्यालले कानुनी प्रश्न गरे पछि समितिले पनि निर्देशिका तथा मार्गदर्शन बनाएर यसलाई सधैका लागि समाधान गर्न चाहेको छ ।

यसरी सन नेपालले ३५ करोड रुपैयाँ भन्दा धेरै रकम बैंक वित्तीय संस्थामा राखेर व्याज खाइरहेको भन्दै अन्य कम्पनीहरुले विरोध गरिरहेका छन् । पुलमा पैसा हाल्न नमानिरहेको सन नेपाल लाइफले इन्स्योरन्स खवर सँगको कुराकानीमा यस विषयमा बीमा समितिलाई नै आवस्यक निर्णय गर्न भनेको जानकारी दिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्यालले भने ‘यसलाई कानुन सम्बत बनाउनु पर्यो भन्ने मेरो धारणा हो । व्यवसायको विषयमा बीमा समितिले जे भन्छ म त्यहि मान्न तयार छु ।’ अर्यालले औपचारिक कुराकानीमा यस्तो बताए पनि व्यवहारिक रुपमा भने सन नेपाल लाइफले आफुले संकलन गरेको पैसा पुलमा हाल्न मानिरहेको छैन । कम्पनीले उक्त रकम पुलमा हालिदियो भने अहिले सम्पुर्ण समस्या समाधान हुन्छ ।

अर्को तर्फ अर्यालले भने जस्तै यस विषयमा बीमा समितिले पनि स्पष्ट रुपमा निर्देशिका बनाउनु पर्ने देखिएको छ । यदि समितिले निर्देशिका बनाइदियो भने भोलिका दिनमा सन नेपाल जस्ता अन्य कम्पनीहरुले विवाद गर्न पाउने थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS