IME Life New

बैकल्पिक लगानी कोष नियमावलीमा भएको व्यवस्था प्रति सरोकारवाला रुष्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल धितोपत्र बोर्डले प्रस्तावित गरेको बैकल्पिक लगानी कोष नियमावलीमा गरिएको व्यवस्था प्रति सरोकारवालहरु रुष्ट भएका छन् । नियमावली गरिएको लगानीका क्षेत्रको बिषयमा धेरै अन्यौलता भएको भन्दै नियमावलीलाई थप छलफल गरी जारी गर्न सरोकारवालाहरुले गुनासो गरेका छन् ।

नेपाल धितोपत्र बोर्डले विहीबार एक कार्यक्रमको आयोजना गरी बैकल्पिक लगानी कोष नियमावली २०७५ (मस्यौदा) का व्यवस्थाहरुमा छलफल गरेको थियो । राय सुझाव संकलनका लागी आयोजना गरिएको उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले कोषले विदेशी बजारमा पनि लगानी गर्न सकिन्छ भन्ने बिषयमा अन्यौल भएको बताए ।
कार्यक्रममा कानून व्यवसायी सेमन्त दाहालले इकाईधनीलाई मात्र कोषका लगानीकर्ता मान्ने गरी तयारी गरिएको मस्यौदामा ऋणमा लगानी गर्नेहरुलाई पनि समेट्न सुझाव दिए । एउटा फण्डले अरु विभिन्न फण्डहरुमा लगान्ी गर्न पाउँने कि नपाउँने भन्ने बिषय नियमावलीमा प्रष्ट हुनुपर्ने उनको भनाई थियो ।

Esewa
Crest

मर्चेण्ट बैंकर एशोसियसनका अध्यक्ष एवंम सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत धुब्रराज तिमिल्सना धितोपत्र सम्बन्धि ऐनमा संगठित संस्था भनी गरिएको व्यवस्थालाई नियमावलीको मस्यौदाले प्रष्ट पार्न नसकेको बताए ।

के हो बैकिल्पक लगानी कोष ?
ठूला लगानीकर्ताहरुसँग भएको रकम संकलन गरी कुनै नयाँ तथा चुनौतीपूर्ण व्यवसायमा लगानी गर्न खडा गरिएको कोषलाई बैकिल्पक लगानी कोष भनिन्छ ।
नियमावलीमा गरिएको व्यवस्थाहरु

सबै कोष बोर्डको दायरामा
नेपाल सरकारको स्वीकृति लिई सञ्चालन भएका कुनै पनि प्रकारका कोषहरु बैकिल्पक कोषको दायरामा समेटिनु पर्ने प्रस्तावित नियमावलीमा राखिएको छ । नियमावलीका अनुसार नियमावली जारी भएको छ महिना भित्रमा कोष सञ्चालनको लागी बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।
कोष सञ्चालन गर्न स्वीकृतिका लागि निवेदन नपरेमा सो कोषको अवधीसमाप्त नभएसम्म संचालन गर्न सक्नेछ । तर, थप नयाँ पूँजी आवहन लगानीकर्तासँग गरी कोष सञ्चालन गर्न सक्ने छैन ।

कोषको पूँजी २ करोड हुनुपर्नेछ
कोष सञ्चालनको लागी चुक्ता पूँजी २ करोड रुपैयाँ हुनुपर्नेछ । खुद सम्पति नकरात्मक नभएको हुुनपर्नेछ । संगठित संस्था तथा सोका सञ्चालक वा कार्यकारी प्रमुखले कुनै प्रकारको ठगी वा जालसाजी अपराधमा सजाय नपाएको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS