IME Life New

बैंक, बीमा, सहकारी र धितोपत्र खुल्ला गर्ने नेपाल सरकारको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले जारी लकडाउन कायम राख्दै वित्तीय क्षेत्रहरु बैंक, बीमा कम्पनी, सहकारी तथा धितोपत्र सम्बन्धी सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरु खुल्ला राख्न अनुमति दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक, बीमा कम्पनी, सहकारी तथा धितोपत्र सम्बन्धी सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा रहेका कर्मचारीहरु मध्ये एक तिहाई कर्मचारी राखेर कार्यालय सञ्चालन गर्न अनुमति दिने निर्णय गरिएको जानकारी दिएका छन् । ति कार्यालय सञ्चालनका लागि सम्बन्धीत मन्त्रालयले एक तिहाई सवारी साधनलाई पास उपलब्ध गराई सञ्चालन गरिने छ ।

Esewa
Crest

सरकारको यस्तो निर्णयसँगै शुक्रबारदेखि देशैभरिका सबैं बैंक, बीमा कम्पनी, सहकारी तथा धितोपत्र सम्बन्धी कार्यालयहरु खुल्ला हुनेछन् । ति कार्यालयहरु न्यूनतम कर्मचारी राखेर सञ्चालन गरिनेछ । भोलि सार्वजनिक बिदा भएकोले शुक्रबारै पास लिन नभ्याएको अवस्थामा आईतबारदेखि सार्वजनिक सेवाका सबै कार्यालयहरु सुचारु हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS