IME Life New

बैंक तथा सङ्गठित संस्थामा सञ्चालक रहेकालाई बीमा कम्पनीको सञ्चालक नबन्न प्राधिकरणको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अन्य बैंक वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप संकलन गर्ने सङ्गठित संस्थाको सञ्चालक रहेको वा अन्य कुनै बीमकको संस्थापक समुहको आधारभुत शेयर लिएका बहालवाल सञ्चालक वा कर्मचारीलाई बीमा कम्पनीको सञ्चालक नबन्न निर्देशन दिएको छ ।

प्राधिकरणले गत कार्तिक २२ गतेदेखि लागु गरिएको बीमा ऐन २०७९ को दफा ५० को खण्ड (ङ) मा भएको व्यवस्थाको कार्यान्वयन गर्न निर्देशन दिएको हो । यस दफामा कुनै व्यक्ति सञ्चालकको पदमा निर्वाचित वा मनोनीत हुने अयोग्यता उल्लेख छ ।

Esewa
Crest

यसै दफाले जनाएको अयोग्यताका कतिपय व्यवस्थाहरु रहेको हुँदा प्राधिकरणले सम्पुर्ण कम्पनीहरुलाई परिपत्र सहित यस्तो निर्देशन दिएको हो । यस दफा अनुसार कुनै एक बीमा कम्पनीको सञ्चालक वा कर्मचारी अर्को बीमा कम्पनीको सञ्चालक बन्न नपाइने भएको छ । यो नियम नेशनल लाइफमा र एनएलजी इन्स्योरेन्स कम्पनीमा लागु हुनेछ ।

एनएलजी इन्स्योरेन्स कम्पनीमा नेशनल लाइफको ५० प्रतिशत लगानी रहेकाले नेशनलका कर्मचारीहरु प्रतिनिधि  सञ्चालक रहेका छन् । यो व्यवस्थाले यस कम्पनीलाई  प्रभावित नपार्ने देखिन्छ । यस व्यवस्था अनुसार एउटा बीमा कम्पनी वा बैंकका सञ्चालक मात्रै अर्को कुनै बीमा कम्पनीको सञ्चालक हुने पाउने छैनन् लघुवित्त वित्तीय संस्था, निक्षेप संकलन गर्ने जुनसुकै सङ्गठित संस्थाका संञ्चालक समेत योग्य हुने छैनन् ।

धेरै वटा बैंक वित्तीय संस्थाको शेयर लगानी रहेको हुँदा तिनका संस्थापक शेयरधनी तथा कर्मचारीहरु बीमा कम्पनीको सञ्चालक बन्ने गरेका छन् । अव उनिहरुले सञ्चालक पदबाट राजिनामा दिनु पर्ने भएको हो । तर कतिपय बीमा कम्पनीहरुका लागि भने यो नियम सान्दर्भिक र व्यवहारिक देखिदैन । नेपालमा एउटै व्यक्तिले धेरै वटा क्षेत्रमा लगानी गर्ने भएकाले यस्तो अवस्था आएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

17%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS