IME Life New

बैंक तथा लघुवित्तको समस्या समाधानका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने हुन सक्छः प्रधानमन्त्री प्रचण्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन्। आइतबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धि बैठकमा प्रधानमन्त्रीले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्ति लगायतका विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले बैंकको ब्याजदरलाई लिएर व्यवसायीका गुनासो देखिएको र लघुवित्तका समस्याबारे दिनदिनैजसो समाचार प्रकाशित भइरहेको बताए । व्यवसायीहरूले विभिन्न ढंगले चासो र चिन्ता राखेको मौकामा अराजक तत्वले वित्तीय अराजकता निम्त्याउने कोशिस गरिरहेको र आफूले यी सबै परिघटनालाई गम्भीर रूपमा उनले बताए ।

Esewa
Crest

अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमा रहेको र आफू प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात् मन्त्रिपरिषदको पहिलो बैठकमा नै अर्थतन्त्रका समस्या समाधानका निम्ति निजी र सार्वजनिक क्षेत्रको सहकार्यमा अगाडि बढ्ने निर्णय गरिएको उनले बताए । आइतबार भएको छलफल बैंक तथा वित्तीय क्षेत्र र लघुवित्तसमेतका समस्या समाधानमा केन्द्रित रहेको थियो । उक्त छलफलमा सरकार अर्थतन्त्रका चुनौती समाधान गर्न तल्लीन र बैंक, लघुवित्तका क्षेत्रमा जनताका गुनासोप्रति आफू जानकार र सचेत रहेको प्रधानमन्त्रीले बताए । यसलाई के–कसरी समाधान गर्न सकिन्छ भन्नेबारे उपस्थितिहरुमाझ सुझावको अपेक्षा गरेको समेत उनले बताए । परिआए समस्या समाधानका निम्ति उच्चस्तरीय आयोग नै बनाउनुपर्ने पनि हुन सक्ने प्रधानमन्त्रीको भनाई छ ।

बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वर्तमानमा अर्थतन्त्रको अवस्थाबारे संक्षिप्त विषय राख्दै अर्थतन्त्रका सुचकहरू सकारात्मक दिशातर्फ अग्रसर भइरहेको बताए।
बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरू र बैंकिङ क्षेत्रका प्रतिनिधिहरूले निजी क्षेत्रको अवस्थाको चर्चा गर्दै बैंक तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति सरकारलाई विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए।

बैठकमा नेपाल सरकारका मुख्यसचिव, अर्थमन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू, विभिन्न व्यवसायिक संगठनका प्रतिनिधिहरू, बैंकर एसोसिएसन लगायत वित्तीय क्षेत्रका प्रतिनिधिहरू उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS