IME Life New

बैंक तथा बीमा कम्पनीले लिएका दुई हजारभन्दा बढि पास खारेज !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा बीमा कम्पनीहरुले आंशिक कार्यालय सञ्चालनको लागि लिएका सबै पासहरु खारेज गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । काठमाडौंभित्र कोरोना संक्रमितहरुको अवस्था भयावह हुनसक्ने भएपछि काठमाडौं प्रशासनले भोलिबाट काठमाडौंलाई आंशिक सिल गर्ने निर्णय गरेको छ । यसअघि सबै निकायबाट जारी भएका पासहरु खारेज गरिएको र यसअघि लिइएका पासहरु मान्य नहुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

काठमाडौं प्रशासन कार्यालयको यस्तो निर्णयसँगै बैंक तथा बीमा कम्पनीहरुले लिएका झण्डै दुई हजार पास खारेज भएका छन् । बीमा कम्पनीहरुले बीमा समितिबाट करिब चार सय पास लिएका छन् भने बैंकहरुले एक हजार भन्दा बढि पास जारी गरेका थिए । त्यस्तै धितोपत्र सम्बन्धी कम्पनीहरुले लिएका केही सय पास समेत खारेज भएको हो ।

Esewa
Crest

तर, पहलो रंगको सिंन भएका ७ दिने पासहरु भने मान्य हुने जनाइएको छ । असाध्य थोरै मात्रै बैंक तथा बीमा कम्पनीले लिएका छन् ।

सबै पासहरु खारेज भएपछि भोलिबाट कसरी कार्यालय सञ्चालन गर्ने भन्नेमा अन्योल सिर्जना भएको बीमा समितिका उप निर्देशन निर्मल अधिकारीले बताए । उनले भने, ‘पास खारेज भएको भनिएको छ, अब के गर्ने भन्ने सम्बन्धमा थप छलफल हुन्छ ।’ यद्यपि बीमा समितिले भने मन्त्रिपरिषदको निर्णय अनुसारका पास जारी गरिएको जनाउँदै खारेजी भएको सम्बन्धी सूचना नआएको जनाएको छ ।

धितोपत्र बोर्डले पनि यसअघि जारी भएका सबै पास खारेज गरिसकेको छ । बैंक तथा बीमा कम्पनीहरुलाई सीमित कार्यालय सञ्चालनको लागि केही सीमित पास वितरण गर्ने भनिए पनि सोबारे थप छलफलपछि टुंगोमा पुगिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS