IME Life New

बैंकास्योरेन्स विरुद्ध बीमा अभिकर्ताहरु आन्दोलनको तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत वर्षदेखि खारेज गरिएको बैंकास्योरेन्स यस पटकदेखि पुनः खुल्ला गर्ने सम्बन्धमा छलफल अघि बढाएपछि बीमा अभिकर्ताहरु आन्दोलनको तयारीमा जुटेका छन् ।

पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले भने, ‘असफल र गलत भनेर खारेज गरिएको बैंकास्योरेन्स पुनः सुचारु गर्न चलखेल भएको नोटिसमा आएको छ, त्यसप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’ सरकारले बैंकास्योरेन्स पुनः ब्यूताउँने सम्बन्धमा केन्द्रीय बैंकबाट सकारात्मक कोणबाट छलफल सुरु गरेपछि अभिकर्ताहरुको छाता संगठनको आक्रोसित बनेको छ ।

Esewa
Crest

देशैभरिका करिब पाँच लाख अभिकर्ताको रोजी रोटी खोस्ने र अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरित गएर बैंकास्योरेन्स खुल्ला गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने अध्यक्ष तिवारीले बताए । नेपाल राष्ट्र बैंकले बैंकास्योरेन्स ब्युउँताउने सम्बन्धमा छलफल अघि बढाएसँगै पेशागत बीमा अभिकर्ता संघ पनि आन्दोलनको तयारीमा जुटेको छ । अध्यक्ष तिवारीले भने, ‘अहिले हामी सबै अभिकर्ता टार्गेट पुर्याउने दवावले केही व्यस्त भएकोले तत्काल मिटिङ आह्वान गर्न नसकिए पनि छिट्टै आन्दोलनमा होमिनुको विकल्प छैन ।’ पेशागत अभिकर्ता संघले बैंकास्योरेन्सको पक्षमा वकालत गर्ने बीमा कम्पनीहरुलाई अभिकर्ताहरुले बहिस्कार गर्नसक्ने लगायतका आन्दोलनको कार्यक्रम घोषणा गरिने बताए ।

अध्यक्ष तिवारीले पाँच लाखभन्दा बढि अभिकर्ताले वर्षौ लगाएर जम्मा गरेको साढे तीन खर्बभन्दा बढि बचतमा बैंकर्स संघको आँखा लागेको बताउँदै बैंकको मुनाफा बृद्धिको लागि बीमाको एजेन्ट हुने कार्य सफल हुन नदिने बताए ।

संघले डिजिटल माध्यमबाट मिटिङ गरी देशव्यापी आन्दोलनको घोषणा गर्ने बारेमा छलफल भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS