IME Life New

बैंकिङ फ्रडको आरोपमा तत्कालीन सेञ्चुरी बैंकका अध्यक्षसहित ८ जना पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तत्कालीन सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेको छ।

बैंकिङ फ्रडमा अनुसन्धानका लागि सीआईबीले श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्ने अन्यमा बैंक सञ्चालक समितिका सदस्यहरु गीता प्रधान, रमेशकुमार निरौला, राजेशकुमार दली, मनबहादुर राई, शिव रिसाल, सुनील न्यौपाने छन्। ‘उहाँहरुसँग अहिले सोधपुछ भइरहेको छ’, सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बागेटीले भने।

Esewa
Crest

यसअघि गत वर्ष फागुन १५ गते कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा सीआईबीले तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमलगायत ११ जना पक्राउ गरेको थियो। उनीहरु १ चैतमा हाजिर जमानीमा छुटेका थिए।

अहिले पक्राउ परेकाहरुले सेञ्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको सीआईबीले जनाएको छ। उक्त ऋण धितोभन्दा ९७ करोड ४१ लाख रुपैयाँले बढी पाइएको सीआईबीको दाबी छ।

सेञ्चुरी बैंक हाल अस्तित्वमा छैन। यो बैंक प्रभु बैंकमा विलय भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS